आज चैत्र १२ गते आमलकी एकादशी : शुभ-अशुभ कस्तो रहला तपाईको दिन ?

पञ्चाङ्ग
दिन : बिहीवार
नक्षत्र : अश्लेषा , १९:५९ बजे उप्रान्त मघा
तिथि : एकादशी ०६:०७ बजेदेखि द्वादशी , २९:३० बजे उप्रान्त चतुर्दशी
करण : भद्रा ०६:०७ बजेदेखि वव , १७:५२ बजे उप्रान्त गर
योग : सुकर्मा ०७:१३ बजेदेखि धृति , २९:३५ बजे उप्रान्त गण्ड(आमलकी एकादशी)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

निकै भावुक रहनुहुनेछ। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। चल सम्पत्तिको मामलामा कुनै निर्णय नलिनुहोला। मानसिक व्यग्रता र शारीरिक अस्वस्थता रहनेछ। विधार्थीको लागी समय मध्यम रहनेछ। स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तन र मनले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। परिवारसँग घरको प्रश्नको सम्बन्धमा चर्चा गर्नुहुनेछ। आर्थिक मामलामा अधिक ध्यान दिनुहुनेछ। हरेक कार्यमा सफलता मिल्नेछ। भाग्यवृद्धिको योग रहेको छ। प्रिय व्यक्तिसँग र सार्वजनिक सम्मान मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ तथा प्रतिस्पर्धिको परास्त गर्नुहुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

थोरै विलम्ब वा अवरोधपछि निर्धारित रूपले कार्य पूरा गर्नुहुनेछ। आर्थिक आयोजन सफल गर्नुहुनेछ। मिष्टान्न भोजन प्राप्त गर्नुहुनेछ। विधार्थीको अध्ययन मध्यम रहनेछ। आफन्त र मित्रसँग भेट आनन्दमय रहनेछ। धन्दामा अनुकूल वातावरण रहनेछ । आयमा  वृद्धि हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

भावनाको प्रवाहमा सराबोर रहनुहुनेछ र कुटुम्ब, मित्र तथा आफन्तसँग सहभागी बन्नुहुनेछ। उपहार प्राप्ति हुनेछ। स्वादिष्ट भोजन र बाहिर घुम्न जानुहुनेछ। मांगलिक अवसरमा उपस्थित रहनुहुनेछ। आनन्ददायक बसाई हुनेछ। दाम्पत्यजीवनमा घनिष्ठता अनुभव गर्नुहुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

अत्यधिक चिन्ता र भावनाको कारण शारीरिक र मानसिक रूपले निराश र अस्वस्थता अनुभव गर्नुहुनेछ। वाद-विवाद तथा संघर्ष खडा गर्नुहुनेछ। अदालती मामलामा सावधान रहनुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। आयको अपेक्षा खर्च अधिक हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

लाभको दिन रहनेछ । व्यापार-धन्दामा विकासको साथसाथै आय बढ्नेछ। पेसामा लाभको अवसर मिल्नेछ। वैवाहिक जीवनमा सुख-सन्तोषको अनुभूति हुनेछ। श्रीमती र वृद्दको तर्फबाट लाभ मिल्नेछ। मित्रसँग रमणीय पर्यटन हुनेछ। स्त्री मित्र विशेष लाभकारी साबित हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। अफिस र पेसामा आय वृद्धि पदोन्नतिको लागि संयोग निर्मित हुनेछ। आमाको तर्फबाट लाभ हुनेछ। अफिसमा उच्च पदाधिकारीद्वारा कामको चर्चा हुनेछ। सहकर्मीको सहयोग मिल्नेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ  ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

हरेक विषयको नकारात्मक पक्षको अनुभव गर्नुहुनेछ। थकान र आलसको कारण स्फूर्तिको अभाव रहनेछ। मनमा गहिरो चिन्ताले सताउनेछ। पेसा- व्यवसायमा अवरोध खडा हुनेछ। उच्च पदाधिकारीको साथसाथै वाद-विवादमा नउत्रिनुहोला। विदेशगमनको अवसर निर्मित हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बोलि र क्रोधमा नियन्त्रण राख्नुहोला अन्यथा अनर्थ हुन सक्छ। जाडोको कारण तपाईको स्वास्थ्य खराब हुनेछ। मानसिक व्यग्रताको अनुभव  गर्नुहुनेछ। धन खर्चमा वृद्धि हुनेछ। निषेधात्मक कार्य तथा अनैतिक कामवृत्तिले कुमार्गमा लिएर जान सक्ला ध्यान राख्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

विचार, व्यवहारमा भावुकता विशेष मात्रामा रहनेछ। परिवार ऱ मित्रसँग खुशीपूर्वक दिन बिताउनुहुनेछ। तन-मनमा स्फूर्ति र प्रसन्नता रहनेछ। व्यवसाय वृद्धि हुनेछ। साथै आयवृद्धि हुनेछ। सार्वजनिक जीवनमा मान-प्रतिष्ठा बढ्नेछ। विपरीत लिंगीय व्यक्तिप्रति आकर्षण बढ्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कार्यमा यश, कीर्ति र सफलता मिल्नेछ। परिवारमा मेलमिलाप बनिरहनेछ। शारीरिक र मानसिक स्वस्थता बनिरहनेछ। विचार र व्यवहारमा भावुकता अधिक रहनेछ। पेसामा साथी कर्मचारीले सहयोग गर्नेछ । पैसा खर्च हुनेछ। विरोधी वा प्रतिस्पर्धिको पराजय हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

कल्पनाको  लोकमा विचारणा गर्न मन पराउनुहुनेछ। साहित्य लेखनमा सिर्जनात्मकता प्रकट गर्नुहुनेछ। विधार्थीको लागि शुभ समय रहेको छ।  प्रेमी र प्रिय व्यक्तिसँग सानिध्य प्राप्त गर्नुहुनेछ। कामुकता विशेष मात्रामा रहनेछ।  मानसिक सन्तुलन बनाईराख्नुहोला।

प्रकाशित : बुधबार, चैत ११, २०७७२१:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र महिनाको मासिक राशिफल : यी राशिलाई भ्रमण तथा आकस्मिक धन लाभको योग