यी ५ कुरा जसले कृति सेननलाई अपार खुशी दिन्छ

एजेन्सी : बलिउड अभिनेत्री कृति सेनन सधैँ खुशी नै देखिन्थिन्। तर केही यस्ता कुराहरु छन्, जसले उनलाई अझ बढी खुशी पार्छ। यी पाँच कुरा जसले कृतिलाई खुशी बनाउँछ।

फ्यान्सको माया 

कृतिले पहिलो फिल्मबाट नै दर्शकबाट भरपूर माया पाइन्। कृतिको सामाजिक सञ्जालमा हरेक दिन फ्यान्सबाट मिलेको भरपूर प्रेम यो कुरा निशानी हो कि फ्यान्स उनलाई असाध्यै मन पराउँछन्। फ्यान्सको मायाले उनलाई आफूले गरिरहेको काम अझ कुशलतापूर्वक गर्न प्रेरित गर्छ।

वर्षात्

कृतिलाई वर्षा ऋतु असाध्यै मन पर्छ। मुम्बईको वर्षातको समयमा उनी दिल खोलेर रमाइलो गर्छिन्। वर्षातले उनलाई खुशी बनाउँछ।

बलिउडका नामी हस्तीसँग काम 

कृतिको ठुलो ब्यानरको मल्टिस्टारर फिल्ममा काम गर्ने ठुलो धोको छ। फिल्म ‘दिलवाले’ मा अभिनय गरी उनी अत्यन्तै खुशी भएकी थिईन् किनकी शाहरुख खान र काजोल जस्ता सुपरस्टार्ससँग काम गर्ने मौका जो पाएकी थिईन्। कृतिको नृत्यमा छुट्टै लगाव छ। उनी फिल्ममा आफ्नो नृत्य कला देखाउँन कहिल्यै पछि पर्दिनन्।

अवार्ड 

बलिउडमा आफ्नो पहिलो फिल्म ‘हिरोपन्ति’ को लागि कृति सेननले अवार्ड पाएकी थिईन्। अवार्ड पाउँदा को चाहीँ खुशी हुँदैन होला र, कृति पनि खुशी हुन्छिन्।

परिवारसँग समय बिताउँदा

कृतिका परिवार दिल्लीमा बस्छन्। उनी आफ्ना आमाबुबालाई सम्झिरहन्छिन्। त्यहीँ भएर उनी बुबाआमालाई भेट्न गईरहन्छिन्। छुट्टी मनाउन विदेशमा पनि परिवारसँगै जान्छिन्। परिवारसँग समय बिताउँदा उनलाई अपार खुशी मिल्छ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउथ सुपरस्टार महेश बाबुले यस मामिलामा बलिउडका ठुल्ठुला हस्तीलाई पनि पछाडी पारे…