स्टार किड सूरज पञ्चोली भन्छन् – ‘नेपोटिज्मको ट्याग लाग्दा एकदम रिस उठ्छ।’

एजेन्सी : बलिउडमा नेपोटिज्मको मुद्दा लामो समयदेखि चल्दै आएको छ। स्टार किड्सलाई फिल्म इन्डस्ट्रीमा बढी मौका मिल्ने तर आउसाइडर्सलाई किनारा लगाइने कतिपयको आरोप छ। हालैको एक अन्तर्वार्तामा अभिनेता सूरज पञ्चोलीले बलिउडमा नेपोटिज्मको विषयमा आफ्नो भनाई राखेका छन्।

उनले फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन हरकोहीँलाई मुश्किल हुने बताएका छन्। उनी भन्छन् – ‘स्टार किड्सको लागि सामाजिक सञ्जालको यो युगमा घृणासँग लड्नुपर्ने अतिरिक्त चुनौती पनि हुन्छ। मानिसहरुले सोच्छन् कि मलाई पनि नेपोटिज्मको फाइदा मिलेको छ, यस्तो सुन्दा एकदमै रिस उठ्छ।’

मानिसहरु सोच्छन् कि कडा मेहनत गर्नुपर्दैन 

सूरज पञ्चोली भन्छन् – ‘म यो भन्दिन् कि यो कसैलागि सजिलो छ। उत्कृष्ट कलाकार मात्र इन्डस्ट्रीमा टिक्न सक्छन्, बाँकी टिक्न सक्दैनन्। यो सबैभन्दा राम्रो परिवारको राम्रो मान्छेसँग पनि भएको छ। नेपोटिज्मको ट्याग लाग्दा मलाई कहिलेकाहीँ धेरै रिस उठ्छ किनकी मानिसहरु सोच्छन् कि कडा मेहनत नै गर्नुपर्दैन।’ सूरज अभिनेता आदित्य पञ्चोली र अभिनेत्री जरीना वहाबका छोरा हुन्।

सूरजले अझ भन्छन्, ‘इन्डस्ट्री अहिले पहिलेको जस्तै छैन। केही फिल्म परिवारका मानिसहरुले मन पराउँदैनन्। यसकारण यहाँ धेरै गाह्रो छ। सामाजिक सञ्जालमा हरकोहीँ एक आलोचक छन् र घृणा एक सेकेन्डमै फैलिनसक्छ। स्टारकिड्सको लागि सामाजिक सञ्जालको युगमा घृणासँग लड्नुपर्ने एक अतिरिक्त चुनौती छ।’

सन् २०१५ मा ‘हिरो’ बाट गरेका थिए बलिउडमा डेब्यु 

३० वर्षका सूरजले सन् २०१५ मा रिलिज भएको निर्देशक निखिल आडवाणीको एक्सन-ड्रामा फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गरेका थिए।

यो फिल्ममा उनीसँग लिड रोलमा अभिनेता सुनील शेट्टीकी छोरी आथिया शेट्टी थिईन्। यो फिल्म सुपरस्टार सलमान खानले निर्माण गरेका थिए।

यस फिल्मपछि सूरज सन् २०१९ मा रिलिज भएको फिल्म ‘स्याटेलाइट शङ्कर’ मा देखिएका थिए। तर दुर्भाग्य, उनका दुवैले फिल्मले बक्स अफिसमा हावा खाएको थियो।

अघिल्लो हप्ता १२ मार्चमा सूरजको फिल्म ‘टाइम टु डान्स’ रिलिज भएको छ। स्टेनले डिकोस्टाको निर्देशनमा बनेको यो फिल्ममा सूरज बाहेक कट्रिना कैफकी बहिनी इसाबेल कैफ पनि लिड रोलमा छिन्। इसाबेलको यो पहिल्लो फिल्म हो।

सूरज अहिले आफ्नो आगामी बायोपिक फिल्म ‘हवा सिंह’ को तयारीमा जुटिरहेका छन्। यो फिल्म हेभिवेट बक्सर हवा सिंहको जीवनीमा आधारित हुनेछ। हवा सिंह भारतीय बक्सिङको पिता भनेर चिनिन्छन्। यो फिल्म प्रकाश नामबियरको निर्देशनमा बन्दै छ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोनाक्षी भन्छिन् – ‘म अहिले त्यो स्थानमा छु, जहाँ केही कुराले फरक पार्दैन।’