हरेज मानिसको फरक-फरक स्वभाव हुन्छ। कोहि मानिस अरु व्यक्तिसँग घुलमिल हुन रुचाउँछन् भने कोहि त्यति छिटै घुलमिल हुन सक्दैनन्। ज्योतिष शास्त्र अनुसार मानिसको राशिले पनि उसको स्वभावमा फरक पार्छ। प्रत्यक मानिसको आ-आफ्नै ग्रह र नक्षत्र हुन्छ जसले मानिसको कुण्डलीमा प्रभाव पार्छ।
शास्त्रका अनुसार केहि राशिका मानिस अरु मानिससँग घुलमेल हुन रुचाउँछन् भने कोहि मानिस प्राय: एक्लै बस्न रुचाउँछन्। उनीहरुलाई अरु मानिससँग घुलमिल हुन समय लाग्छ। ती राशि निम्न अनुसार छन्।
कर्कट राशि
कर्कट राशिका मानिसको फ्रेण्ड सर्कल सानो हुन्छ। यस राशिका मानिस नयाँ मानिससँग घुलमिल हुन त्यति रुचाउँदैनन्। नौलो व्यक्तिसँग घुलमिल हुन समय लाग्ने यी मानिस आफ्नो प्राय: जसो समय एकान्तमा बिताउन मन पराउँछन्।
कन्या राशि
कन्या राशि हुने मानिसको स्वभाव निकै लजालु किसिमको हुन्छ। आफूले चिनेको र बुझेको मानिस बाहेक अरुसँग समय बिताउन नरुचाउने यी मानिस प्राय: आफ्नै दुनियामा रमाउँछन्।
मकर राशि
धेरै जसो समय एक्लै बस्न रुचाउने मकर राशिका मानिस अन्य मानिससँग घुलमिल हुन त्यति रुचाउदैनन्। थोरै लजालु स्वभावका यी मानिस आफ्नै साथी-भाईसँग सक्दो समय बिताउन मन पराउँछन्।
मीन राशि
अरु मानिससँग छिटै घुलमिल हुन नासक्ने मीन राशिका मानिस प्राय: जसो समय एकान्तमा बिताउन मन पराउँछन्। आफ्नै सपनाको दुनियामा हराउने यी मानिसको फ्रेण्ड सर्कल पनि निकै सानो हुन्छ।