यी ७ चीज हुन्छन् पवित्र, खाएर पनि गर्न सक्नुहुन्छ पूजा-पाठ

काठमाडौँ : सरसफाई र पवित्रताको विषयमा चाणक्यले आफ्नो ‘नीति शास्त्र’ मा थुप्रै नीतिहरुको वर्णन गरेका छन्। चाणक्यका अनुसार मनुष्यले ७ चीज खाएर पनि पूजा-पाठ गर्न सक्छन्। चाणक्यले यी ७ चीजहरुलाई पवित्र भएको बताएका छन्।

इक्षुरापः पयो मूलं ताम्बूलं फलमौषधम् ।
भक्षयित्वापि कर्तव्या: स्नान दानादिका: क्रिया: ।।

रुग्न र क्षुधा-पीडितको लागि यस श्लोकमा चाणक्यले शास्त्र-सम्मत कथनको उल्लेख गरेका छन्। उनी भन्छन् कि शास्त्रमा जल, उखु, दुग्ध, कन्दमूल, पान, फल र औषधीलाई अत्यन्तै पवित्र भनी उल्लेख गरिएको छ।

यसकारण यी खानेकुरा सेवन गरेपछि पनि धार्मिक कार्य सम्पन्न गर्न सक्छन्। यसले कुनै पनि प्रकारको बाधा उत्पन्न हुँदैन।

आम नेपालीहरुमा स्नान-ध्यान गरेपछि मात्र फल र औषधी आदि सेवन गर्नुपर्छ भन्ने धारणा हुन्छ। परन्तु चाणक्य भन्छन् कि बिरामी अवस्थामा या अरु कुनै अवस्थामा दूध, जल, कन्दमुल, फल र औषधी सेवन गर्न सकिन्छ।

यसो गर्दा कुनै पाप हुने छैन। त्यसपछि स्नान आदि गरी पूजा-पाठ र धार्मिक कार्य गर्नु अनुचित हुने छैन।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी रङ्गका जुत्ता लगाउँदा पर्छ अशुभ असर, ध्यानमा राख्नुहोस् यी कुरा