आज चैत्र १ गतेदेखि मलमास सुरु हुँदै : के गर्ने, के नगर्ने ? यी माङ्गलिक कार्य नगरेकै राम्रो

काठमाडौँ : प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरु भएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।

महिनामा दुई वटा सङ्क्रान्ति प-यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । जसमा भनिएको छ–

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताउनुभयो ।

क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।

सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् बताउँछन् । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात् गर्नु नहुने नियम छ ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । वृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

हिन्दु पञ्चाङ्ग अनुसार भोलि चैत्र १ गतेदेखि खरमास सुरु हुँदै छ र २०७८ बैशाख १ गतेसम्म रहनेछ। यदि तपाई कुनै शुभ कार्य गर्ने सोचमा हुनुहुन्छ भने चैत्र १ गते अघि नै गर्नुहोला अन्यथा अर्को वर्षको बैशाख १ गतेसम्म पर्खिनु पर्नेछ।

१. जब सूर्य, बृहस्पतिको राशि धनु या मीन राशिमा प्रवेश गर्छ तबबाट खरमास आरम्भ हुन्छ। अहिले सूर्य कुम्भ राशिमा गोचर गरिरहेको छ। भोलि सूर्य मीन राशिमा प्रवेश गर्नेछ। मीन राशिलाई गुरुको राशि मानिन्छ। सूर्य अर्को वर्षको बैशाख १ गते मेष राशिमा प्रवेश गर्नेछ, त्यसपछि खरमास समाप्त हुन्छ।

२. यसबीच माङ्गलिक कार्य, विवाह, भूमीक पूजन, गृहप्रवेश, व्रतबन्ध, वाहन खरिद आदि जस्ता शुभ कार्य वर्जित मानिन्छ।

३. यस मासमा विष्णुको पूजाको विशेष महत्व छ। खरमासमा उपासना र भजन गर्नुपर्छ। यसले मानसिक शान्ति प्राप्त हुनेछ।

यसअघि २०७५ जेठ महिनामा र यहीँ वर्ष असोज ३० अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । फेरि १९ वर्षपछि असोज महिनामै मलमास परेको थियो । मलमासमा विशेषगरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ । यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घर घरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अत्यन्तै अशुभ हुन्छन् यी सपना, प्रार्थना गर्नुहोस् कि तपाईले कहिल्यै देख्न नपरोस्