पञ्चाङ्ग
दिन : आइतवार
नक्षत्र : उत्तरभाद्रपदा , २५:४५ बजे उप्रान्त रेवती
तिथि : प्रतिपदा , ०६:१२ बजे उप्रान्त द्वितीया
करण : वव १६:२२ बजेदेखि वालव , २९:०२ बजे उप्रान्त तैतिल
योग : शुभ , ०७:२८ बजे उप्रान्त शुक्ल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाईको दिन अनुकूल रहेको छ। स्वस्थ तन-मनले सबै कार्य गर्नुहुनेछ। पारिवारिक सदस्यसँग आनन्दमय समय बिताउनुहुनेछ। आमाबाट विशेष लाभ मिल्नेछ। मित्र एवम आफन्तसँग भेट हुनाले खुशीमय वातावरण रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
दिन सावधानीपूर्वकबिताउनुहुनेछ। तपाईको मन अनेक प्रकारको चिन्ताबाट ग्रस्त रहनेछ। स्वास्थ्य बिग्रन सक्ला। आत्म एवम परिवारसँग विरोध हुनेछ । अनावश्यक खर्च हुनेछ। दुर्घटनाबाट सावधान रहनुहोला। गहन परिश्रमपछि फल प्राप्ति कम रहनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
दिन तपाईको लागी लाभदायक रहनेछ। अविवाहितले आफ्नो लागि योग्य जीवनसाथी प्राप्त गर्नेछन्। धन प्राप्तिको लागि शुभ दिन रहेको छ। मित्रबाट विशेष लाभ प्राप्त गर्नुहुनेछ। श्रीमती एवम पुत्रको तर्फबाट लाभ प्राप्त गर्नुहुनेछ। उत्तम भोजन सुख प्राप्त गर्नुका साथसाथै शुब समाचार प्राप्त गर्नुहुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
धार्मिक कार्य, पूजा- पाठ आदिमा व्यस्त रहनुहुनेछ। धार्मिक स्थानको भेटले आनन्द प्राप्त हुनेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मनमा चिन्ता रहनेछ। आकस्मिक धनलाभ हुन सक्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
विपरित संयोगको प्रतिकार गर्नुपर्नेछ। स्वास्थ्य प्रति ध्यान दिनुहोला। स्वास्थ्य बिग्रनाले आकस्मिक खर्चको प्रसंग आउन सक्ला। परिवारसँग संयमपूर्वक व्यवहार गर्नुहुनेछ। अनैतिक कार्यबाट टाढा रहनुहोला। तपाईलाई ईश्वर-स्मरण तथा आध्यात्मिकताले शान्ति प्रदान गर्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
सामाजिक तथा अन्य क्षेत्रमा ख्याति वा सम्मान प्राप्त हुनेछ। सुन्दर वस्त्राभुषणको खरिद गर्नुहुनेछ। वाहनसुख प्राप्त हुनेछ। आफन्तसँग सम्बन्ध राम्रो रहनेछ। श्रीमान-श्रीमतीबीच झगडा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
घरमा सुखशान्तिको वातावरण रहनाले तपाईको प्रसन्नता वृद्दि हुनेछ। कार्यालयमा सहकर्मीसँग सहकारपूर्वक कार्य गर्नुहुनेछ। कार्यमा प्रसिद्दि प्राप्त हुनेछ। आमाबुबाको तर्फबाट समाचार मिल्नेछ। प्रतिष्पर्धामा विजय प्राप्त हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
दिन मध्यम फलदायी रहनेछ। विधार्थीको अभ्यासमा सफलता मिल्नेछ। नयाँ कार्यको आरम्भ नगर्नुहोला। आर्थिक आयोजनको लागि अनुकुल दिन रहको छ। तपाईको परिश्रम फलदायी सिद्द हुनेछ। शेयरमा लगानीबाट टाढा रहनुहोला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
मनमा उदासीनता छाईरहनेछ। शरीरमा स्फूर्ति तथा मनमा प्रफुल्लितताको अभाव रहनेछ। परिवारसँग तनावको प्रसंग बन्नाले घरको वातावरण कलुषित रहनेछ। तपाईको स्वभिमान भंग नहोस यस कुराको ध्यान राख्नुहोला। धनहानिको योग रहेको छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
दिन नयाँ कार्य आरम्भ गर्नको लागि शुभ रहेको छ। पेसा, व्यापार तथा दैनिक कार्यमा अनुकुल परिथिति रहनाले मनमा प्रसन्नता रहनेछ। भाई-बन्धुबाट लाभ मिल्नेछ। आर्थिक लाभको योग रहेको छ। विद्यार्थीले आफ्नो अभ्यास सरलतापूर्वक गर्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
कसैसँग अधिक विवाद नगर्नुहोला। धार्मिक कार्यमा खर्च हुन सक्ला। पारिवारिक वातावरण बिग्रिन सक्ला। कार्यमा असफलता हुनाले मनमा असन्तोष रहनेछ। स्वास्थ्य प्रति ध्यान दिनुहोला। निर्णयशक्तिको अभाव रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
दिन शुभ फलदायी रहनेछ। उत्साह तथा स्वस्थता बनिरहनेछ। नयाँ कार्यको प्रारम्भको लागि दिन शुभ रहेको छ। परिवारको सदस्य तथा मित्रसँग भोजनको अवसर प्राप्त हुनेछ। धनलाभ हुनेछ ,तरपनि अधिक खर्च नहोस् यस कुराको ध्यान राख्नुहोला। धार्मिक कार्य तथा यात्राको योग रहेको छ।