आज शनैश्चरी औंसीको दिन गर्नुहोस् यी उपाय, शनि पीडाबाट मिल्नेछ मुक्ति

काठमाडौँ : फाल्गुन महिनाको कृष्ण पक्षमा आउने औंसीको विशेष हुन्छ। यस पटक औंसी(अमावस्या) आज शनिबार फाल्गुन २९ गते परेको छ। जसले गर्दा शनैश्चरी अमावस्याको योग बनेको छ। आज शनैश्चरी अमावस्यामा शनि देवलाई प्रसन्न गर्न अत्यन्तै सरल छ। आज शनैश्चरी अमावस्या या शनि अमावस्याको दिन तल निम्न उल्लेखित उपाय अनुसरण गर्नुभएमा ती माथि शनि देवको कृपा बन्नेछ। र जीवनमा कहिले पनि शनिदेवले कष्ट दिदैन्।

१. आज शनैश्चरी अमावस्याको दिन बिहानै तोरीको तेलले आफ्नो शरीर मालिस गर्नुहोला। तोरीको तेलले मालिस गर्दा शनिको प्रकोपबाट राहत मिल्नेछ र शरीर स्वस्थ रहनेछ। नुहाउनुअघि आफ्नो शरीरमा तोरीको तेल लगाउनुहोला र त्यसपछि मनतातो पानीले नुहाउनुहोला। त्यसपछि शनिदेवको पूजा गर्नुहोला।

२.  शनिलाई दरिद्रको नारायण मानिन्छ। यसकारण यिनको कृपा पाउनको लागि गरिब दीन दुखीको सेवा गर्नुहोला र उनीहरुलाई खाना पनि खुवाउनुहोला।

३. कालो रङ्गको औंठी धारण गरे शनि देवले तपाईलाई अनुकूल फल दिनेछ। शनि देवलाई फलामको औंठी चढाउनुहोला। त्यसपछि शनिदेवको पूजा गर्नुहोला र त्यो औंठी धारण गर्नुहोला।

४. कालो चीज जस्तै कालो रङ्गको छाता र चप्पल दान गर्नुहोला।

५. शनिदेवलाई मासको दालको लड्डु अर्पित गर्नुहोला। आज मासको दाल पिसेर लड्डु तयार गर्नुहोला। त्यसपछि मन्दिरमा गई लड्डुको भोग गरी त्यसलाई बाड्नुहोला।

६. आफ्नो घरको ठुला मानिसलाई सम्मान गर्नुहोला र तिनको सेवा गर्नुहोला। यसो गर्दा शनि देव प्रसन्न हुन्छन्। शनि देवलाई वृद्धावस्थाको स्वामी भनिन्छ। यसकारण जसले वृद्ध व्यक्तिको अपमान गर्छन्, तिनले जीवनमा कष्ट नै कष्ट भोग्नेछन्।

७. शनैश्चरी अमावस्याको दिन फलामको कुनै वस्तु शनि मन्दिरमा गई चढाउनुहोला।

८. शनि मन्दिरमा शनिको पूजा गरिसकेपछि आफ्नो हातमा रक्षा कवच या कालो धाँगो बाँध्नुहोला।

९. शनि चालिसा, शिव चालिसा, बजरंगबाण, हनुमान बाहुक वा हनुमान चालीसा पाठ गर्नुहोला।

१०. शनि दोषबाट छुटकारा पाउनको लागि आज शमीको वृक्षको पूजा गर्नुहोला। साँझमा शमीको वृक्ष नजिक दियो बाल्दा लाभ मिल्नेछ।

११. शनिबारको दिन आउने अमावस्यालाई शनि अमावस्या भनिन्छ र यस दिन व्रत राख्दा शनि दोष दूर हुन्छन्।

१२. साँझमा पीपल बोट नजिक तोरीको तेल हालेर दियो अवश्य बाल्नुहोला। यसो गर्दा शनिदोश समाप्त हुन्छ।

१३. शनि मन्दिरमा बसी ‘ॐ शं शनिश्चराय नम:’ मन्त्र जप गर्नुहोला। यस बाहेक हनुमानजीको मन्त्र पनि पढ्नुहोला।

१. ॐ अं अंगारकाय नमः’
२. मनोजवं मारुततुल्यवेगं, जितेन्द्रियं बुद्धिमतां वरिष्ठ।
वातात्मजं वानरयूथमुख्यं, श्रीरामदूतं शरणं प्रपद्ये॥
३. ॐ हं हनुमते नम:
४. अतुलितबलधामं हेमशैलाभदेहं दनुजवनकृशानुं ज्ञानिनामग्रगण्यम्।
सकलगुणनिधानं वानराणामधीशं रघुपतिप्रियभक्तं वातजातं नमामि॥
५. ॐ हं हनुमते रुद्रात्मकाय हुं फट

प्रकाशित : शनिबार, फागुन २९, २०७७१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि चैत्र १ गतेदेखि मलमास सुरु हुँदै : के गर्ने, के नगर्ने ? यी माङ्गलिक कार्य नगरेकै राम्रो