आज विजया एकादशी व्रत : यसरी गर्नुहोस् भगवान श्रीहरिको पूजा, छ विशेष महत्व

काठमाडौँ : हिन्दु धर्ममा एकादशी व्रतको विशेष महत्व हुन्छ। आज फाल्गुण कृष्णपक्ष एकादशी तिथि परेको छ, यस एकादशीलाई विजया एकादशी भनिन्छ। यो एकादशीले महाभारत र रामायण दुवै ग्रन्थमा स्थान पाएको छ।

यो एकादशीको व्रतका प्रभावले महाभारतमा पाण्डव अनि त्रेतायुगमा भगवान श्रीरामचन्द्रले समुद्र पार गरी लंकाको राजा रावणमाथि विजय हासिल गर्न शक्ति प्राप्त भएको मानिन्छ । बकदाल्भ्य ऋषिको उपदेशअनुसार सबैभन्दा पहिले श्रीरामले यो व्रतको उपवास गरेका थिए।

यस्तो छ विजया एकादशी प्रसंग

भगवान विष्णुको पूजा कसरी गर्ने ?

श्री हरिको स्थापना एक कलशमा गर्नुहोला। त्यसपछि श्रद्धापूर्वक श्री हरिको पूजा गर्नुहोला। निधारमा सेतो चन्दन लगाएर पूजा गर्नुहोला। यिनलाई पञ्चामृत, पुष्प र ऋतु फल अर्पित गर्नुहोला। चाहनुहुन्छ भने एक छाक उपवास राख्न पनि सक्नुहुन्छ। एक छाक पूर्ण सात्विक आहार ग्रहण गर्नुहोला। बेलुका आहार ग्रहण गर्नुअघि उपासना र आरती अवश्य गर्नुहोला। अर्को दिन प्रात: कालमा त्यो कलश र अन्न वस्त्र आदि दान गर्नुहोला।

विजया एकादशीको महत्व

हरेक एकादशी आफैँमा महत्वपूण छ, तर विजया एकादशी आफ्नो नाम अनुसार विजय दिलाउने एकादशी मानिन्छ। यो एकादशीको व्रत बसेमा तपाईले भयङ्कर विपत्तिबाट छुटकारा पाउनुहुनेछ। शाक्तिशाली शत्रुलाई पनि परास्त पार्ने शक्ति प्राप्त हुन्छ। पद्म पुराण अनुसार विजया एकादशीको व्रत बस्ने व्यक्तिलाई धन-धान्य मिल्नेछ र मृत्यु पछि मोक्ष प्राप्ति हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३० वर्ष भन्दा अगाडी नै करोडपति हुने गर्छन् यी ३ राशि हुनेहरु