महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ ।

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् । यो समाचार गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७०८:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गृहजिल्ला पुगेर गर्जिए विप्लव – ‘क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब खै ?’