सबै कार्यको लागी सोमवार शुभ मानिएको छ । यस दिन जन्मिने बच्चाहरु निकै राम्रो व्यवहार भएको, मायालु र कुशल हुने गर्दछन् । यस दिन दक्षिणबाट पश्चिमको दिशामा यात्रा गरियो भने सफलता प्राप्त हुने गर्दछ ।
चन्द्रमाको सम्बन्ध दूध-पानीसँग रहन्छ । चन्द्रलाई भगवान शिवले सिरमा धारण गरेका छन । यसरी चन्द्रको सीधा सम्बन्ध भगवान् शिवसँग रहेको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने गर्दछ ।
कष्ट निवारणको लागी यस्तो गर्नुहोस् :
* शिवलाई जल या दूधको अभिषेक गर्नु पनि राम्रो मानिएको छ ।
* मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
* चामल, दूध, चाँदी दान गर्नुहोस्
* चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
* खीर खानु पनि शुभ हुन्छ ।
* जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
* चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।