आफ्नो प्रेमिका वा पत्नीको अन्य पुरुषसँग सम्बन्ध छ या छैन ? यसरी पत्ता लगाउनुस्

समुन्द्रशास्त्र अनुसार हत्केलामा भएको रेखाबाट व्यक्तिहरु कति भाग्यशाली छन् भन्ने जानकारी प्राप्त हुनसक्छ । हस्तरेखा ज्योतिषमा हत्केलामा केही योग बन्दछ, जसले मानिसको जीवन कस्तो हुनेछ भनेर बताउछ भने हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ ।

हस्तरेखा बिज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा वर्तमान थाहा पाउन सकिन्छ । यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिषशास्त्रको दाबि छ । यतिमात्र नभएर हामीले आफ्नो प्रेमिका वा पत्नी अन्य परपुरुषसँग सम्बन्ध भए नभएको समेत हत्केलाको रेखाबाट थाहा पाउन सक्छौं। आज हामी तपाईहरुलाई यस विषयमा कसरी जान्न सकिन्छ भन्ने विषयमा जानकारी गराऊँन जाँदै छौँ।

कुनै पनि व्यक्तिको हत्केलामा बनेका रेखा मध्य एक विवाह रेखा हुनेगर्छ जसले उक्त व्यक्तिको वैवाहिक जीवनको बारेमा बताऊछ। हरेक व्यक्तिको हातमा हुने यस रेखाबाट उसको विवाह उमेर र सम्बन्ध बारे जान्न सकिनुका साथै कति वटा महिलासँग विवाह हुन्छ र हाल कतिजना सँग सम्बन्ध छ भन्ने विषयमा सजिलै जानकारी लिन सकिन्छ।

ज्योतिषशास्त्रका अनुसार बुढी औंलाको ठिक तल वुध पर्वतमा जति रेखा हुन्छन त्यस व्यक्तिको त्यतिनै प्रेम प्रसंग चलिरहेको संकेत गर्दछ। यसका साथै कान्छी औंलाको मुनि बुध पर्वत भएको स्थानमा जति रेखा हुन्छन त्यतिनै महिला वा पुरुषको प्रेम प्रसंग भएको हुन्छ।

बुध पर्वतमा रहेको यो रेखा टुक्रिएको अवस्थामा वैवाहिक सम्बन्धमा पति पत्नी बीच बिछोड हुने सम्भावना बढी रहन्छ। यो रेखाले दाम्पत्य जीवन कस्तो रहन्छ भन्ने विषयमा समेत जानकारी दिने गर्छ।

प्रकाशित : आइतबार, फागुन २३, २०७७२०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोमबार जन्मिएका महिलाहरुको स्वभाव र भाग्य कस्तो हुन्छ ?