अनुपम खेर : कुनैबेला काम नपाएर ट्रेनको प्लाटफर्ममा सुत्थे, अहिले ४०० करोड सम्पत्तिको मालिक

एजेन्सी : भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध कलाकारमध्येको एक अनुपम खेर उमेरले ६६ वर्षका भईसके । फिल्मी दुनियाँमा अनुपम खेरले लगभग ३० वर्षभन्दा बढी समय व्यतीत गरिसकेका छन् र उनले अलग-अलग भाषाका ५०० भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन्। उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु पनि हात परिसकेका छन्। खेरले सारांश, तेजाब, कर्मा, हम आपके हैं कौन, दिलवाले दुल्हनिया ले जाएंगे, अ वेन्सडे र स्पेशल २६ जस्ता उत्कृष्ट फिल्महरुमा काम गरेका छन्।

कश्मिरी पण्डित परिवारमा जन्म 

अनुपम खेरको जन्म एक कश्मिरी पण्डित परिवारमा भएको थियो। यद्यपि उनका परिवार धेरै पहिले नै कश्मिर छाडी सिमलामा बसाई सरेका थिए। डिएभी स्कूलमा प्रारम्भिक अध्ययन र ग्राजुएसन गरेपछि अनुपम खेर अभिनय सिक्नको लागि नेशनल स्कूल अफ ड्रामामा भर्ना भएका थिए।

फिल्ममा काम नपाएपछि प्लाटफर्ममा बिताए रात 

अभिनय सिकिसकेपछि रङ्गीन सपना बुन्दै अनुपम खेर मुम्बई गए। त्यहाँ उनले लामो समयसम्म निकै सङ्घर्ष गर्नुपर्यो। काम नपाएपछि बस्ने बासको समेत ठेगान हुँदैनथ्यो र उनी प्लाटफर्ममै सुत्थे।

अहिले ४०० करोड भारतीय रुपैयाँभन्दा बढीको मालिक हुन् अनुपम 

जवान उमेरमा अनुपमले आफ्नो जीवन गरिबीको रेखामुनि रहेर बिताए पनि अहिले भने राजसी ठाटमा जीवन बिताउँछन्। उनी ४०० करोड भारतीय रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिक हुन्। मुम्बईमा अनुपमका दुई बङ्गला छन् र धेरै कारहरु खरिद गरी राखेका छन्। यी बाहेक उनले सिमलामा एक शानदार घर खरिद गरी राखेका छन्।

फेसियल प्यारालाइसिसको शिकार भएका थिए अनुपम 

अनुपम खेर फेसियल प्यारालाइसिसको शिकार भएको कुरा धेरै कमैलाई मात्र थाहा होला। यो कुरा त्यतिबेलाको हो जतिबेला ‘हम आपके हैं कौन’ को शूटिङ भईरहेको थियो। प्यारालाइसिसबाट पीडित भए पनि उनले फिल्मको शूटिङ भने रोकेनन्। उपचारपछि अनुपमले यस समस्याबाट निजात पाए।

किरण खेरसँग दोस्रो बिहे 

किरण खेरसँग अनुपम खेरको दोस्रोविवाह भएको थियो। अनुपम खेर पहिलो विवाह मधुमति कपूरसँग भएको थियो। जुन वैवाहिक बन्धन एक वर्षसम्म पनि टिकेको थिएन। किरण खेरको पनि अनुपम खेरसँग दोस्रो विवाह भएको थियो। उनको पहिलो विवाह गौतम बेरीसँग भएको थियो। पहिलो विवाहबाट उनले पुत्रलाभ गरेका थिए।

अवार्ड्सको वर्षात् 

अनुपम खेरले पहिलो पटक फिल्म ‘सारांश’ को लागि नेशनल फिल्म अवार्ड ग्रहण गरेका थिए। त्यसपछि उनले फिल्म ‘ड्याडी’ र ‘मैंने गांधी को नहीं मारा’ को लागि पनि नेशनल फिल्म अवार्ड पाए। अहिलेसम्म अनुपम खेरले कुल ८ फिल्मफेयर अवार्ड्स बाहेक पद्मश्री र पद्मभूषण जस्ता अवार्ड्स पाइसकेका छन्।

प्रकाशित : आइतबार, फागुन २३, २०७७१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खानलाई फिटिक्कै मन पराउदैनन् बलिउडका यी ३ अभिनेत्रीहरु !