हामीले दिनहु गर्ने कार्यहरुको साथ-साथै केही धार्मिक बानीहरु पनि हुने गर्दछन्, जसले हाम्रो उमेर कम गर्ने गर्दछ । यदि यी बानीलाई बदल्ने हो भने हाम्रो उमेर पनि बढ्नेछ र खुशी पनि रहनेछौ । हिन्दु धर्मशास्त्रमा यस्तो कैयौ कुराहरुको उल्लेख गरिएको छ जुन हाम्रो उमेरसँग जोडिएको हुन्छ । यी कुराहरुको पालन या उल्लंघन गर्नाले हाम्रो उमेरमा पनि असर पर्दछ । महाभारतको अनुशासन पर्व अनुसार जो व्यक्ति धर्मको नीतिहरुको उल्लंघन गर्दछ उसको आयु कम हुने गर्दछ । साथै जो व्यक्ति धार्मिक मर्यादाको पालन गर्दछ र सत्यको साथ दिने गर्दछन् तिनीहरुको उमेर सामान्य व्यक्तिहरुको भन्दा धेरै हुने भनिएको छ ।
१. शास्त्रको अनुसार जो व्यक्ति छल, कपट, लोभ, लालच, धोका र असत्यलाई अपनाउने गर्दछन्, त्यस्तो मानिसको अकाल मृत्युको भय बनिरहन्छ । यस्तो व्यक्ति बिरामी भईरहने गर्दछन् र उमेर पनि कम हुने गर्दछ ।
२. खाली बसेर नङ टोक्नाले शनिको प्रभाव बढ्ने गर्दछ जसको असर हाम्रो आयुमा पर्ने गर्दछ । घरमा फोहोर राख्नाले भगवान लक्ष्मीले पनि साथ दिने छैनन् ।
३. पढ्ने समयमा कहिले पनि केही खान हुदैन । यसबाट ज्ञानको देवी सरस्वती र यम देवता रुष्ट हुने गर्दछन् । पढ्ने समयमा केही खानाले अकाल मृत्युको खतरा बन्ने गर्दछ ।
४. उदाउदै गरेको सुर्य तर्फ हेर्दा पनि उमेर कम हुने गर्दछ । यस्तो गर्ने व्यक्तिले छिट्टै नै मृत्यु प्राप्त गर्नेछ ।
५. भोजन गर्दाको समय बीचमा खाना छोडेर जुठो मुख लिएर उठ्न हुदैन । यदि तपाई उठ्नुहुन्छ भने दोस्रोपटक जुठो हातले भोजन सुरु गर्नु हुदैन । यस्तो गर्नाले आयु घट्ने गर्दछ ।
६. धार्मिक मान्यता अनुसार शनिवार र मंगलबारको दिन कहिले पनि कपाल काट्न हुदैन । यस्तो गर्नाले आयु घट्ने गर्दछ । बिहीवार दारी, नङ काट्ने र मासु-मदिराको सेवन गर्नाले पनि उमेर घट्ने गर्दछ ।
७. शास्त्रमा सूर्योदय र सूर्यास्तको समय सुत्नु निषेध बताईएको छ । शास्त्रको अनुसार यस्तो गर्नु सिधा यमराजलाई निमन्त्रणा दिनु हो । सूर्योदय र सूर्यास्तको समय सुत्नाले शरीर रोगले घेरिन्छ।
८. वास्तु शास्त्रमा उमेरलाई लिएर कैयौ कुरा बताईएको छ । मान्यता अनुसार मुख्य द्वारको अगाडि फर्केर कहिले पनि सुत्नु हुदैन ।
९. शयनकक्षमा हिंसक जानवरको तस्वीर, रुदै गरेको बच्चा, युद्ध, विलाप गरिरहेकी महिला आदिको तस्वीर लगाउनाले अशुभ बढ्ने गर्दछ । जसको असर मानिसको उमेरमा पर्ने गर्दछ ।