महाशिवरात्रि कहिले हो ? जान्नुहोस् पूजाको शुभ मुहूर्त र सही पूजन विधि

यसवर्षको महाशिवरात्रि फाल्गुन महिनाको २७ गते अर्थात् बिहीवारको दिन परेको छ । भगवान शिवलाई प्रसन्न पार्नका लागि शिवरात्रिका दिन शिव भक्तहरुले अनेक उपासना गर्ने गर्दछन्।

अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो र भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख गरिएको छ।

शिवमहापुराणका अनुसार जुन मानिसले स्वच्छ मनले शिवरात्रीका दिन भगवान शिवको पुजा आराधना गर्छ उसको जीवनमा सुख, शान्ती,समृद्धि र धन प्राप्त हुने मान्यता पनि रहिआएको छ। शिवरात्रीको दिन भगवान शिवको पुजा गर्ने शुभ समय मध्य दिन या रातको समयलाई मान्ने गरिन्छ ।आज हामी तपाईहरुलाई आउँदै गरेको महाशिवरात्रीको दिन शिवको पूजाआराधना गर्ने विधिबारे बताउन जाँदै छौँ जसबाट तपाईलाई जीवनमा ठू-ठूला अवसरहरु प्राप्त भई धनलाभको अवसर मिल्दै जानेछन्।

शिवलिङ्गमा उखूको रस चढाउँदै ऊँ नम: शिवाय मन्त्रको जप गर्न आवश्यक हुन्छ। त्यसपश्चात आफ्ना सम्पूर्ण समस्याहरु समाधान गर्नका लागि शिवजी समक्ष प्रार्थना गर्नुहोस्। यसरी शिवजीको पूजा गर्दा तपाईले आर्थिक संकट मुक्ति पाउन सक्नुहुन्छ।

महाशिवरात्रिको शुभ मुहूर्त

मध्यरातमा पूजाको समय – फागुन २७ गते, राति १२ बजेर १८ मिनेट देखि १ बजेर १० मिनेटसम्म
पहिलो प्रहर – फागुन २७ गते, बेलुका बजेर ४० मिनेटदेखि ९ बजेर ४० मिनेटसम्म
दोस्रो प्रहर – राति ९ बजेर ४० मिनेट देखि १२ बजेर ४५ मिनेटसम्म
तेस्रो प्रहर – राति १२ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म
चौथो प्रहर – फागुन २८ गते, बिहान ३ बजेर ४५ मिनेटदेखि ६ बजेर ३४ मिनेटसम्म

महाशिवरात्रिको दिन भगवान शिवको विशेष पूजा यसरी गर्नुहोस :
१. महाशिवरात्रिको दिन नजिकैको शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।
२. शुद्ध जलमा दुध मिलाएर गंगाजलमा चढाउनुहोस्। यसरी जल चढाउने समयमा ओम नमः शिवाय मन्त्र जप गर्नुहोस्।
३. यसपछि भगवान शिवलाई चन्दन चढाउनुहोस र शिवलिङ्गमा बेलपत्र र धतुरो चढाउनुहोस्।
४.शिवजीलाई सम्पूर्ण पूजा सामग्री चढाएपछि १०८ पटक ओम नमः शिवाय मन्त्र जप गर्नुहोस।
५. अन्तिममा भगवान शिवलाई मिठाई चढाई आफू पनि खाने र अन्य भक्तजनलाई समेत बढ्ने गर्नुपर्छ।यसरी विधिवत रुपमा भगवान शिवको साथमा शिवलिङ्गको समेत पूजा आराधना गर्दा जिवनमा सुख , शान्ति मिल्नुको साथै भगवानको आशिष लाग्ने मान्यता रहेको छ।

प्रकाशित : आइतबार, फागुन २३, २०७७११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै राशिको प्रेमीबाट मिल्न सक्छ यी राशिलाई चोखो प्रेम !