एजेन्सी : विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आ,क्रम-ण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ ।
बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई ह,म-ला गर्न थालेपछि तत्कालै सो विमान सुडानको राजधानी खार्तुमस्थित विमानस्थलमा फर्काइनुपरेको सञ्चार माध्यमले जनाएको छ ।
अल–सुडानी न्युजका अनुसार खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब आधा घन्टापछि त्यो बिरालोले विमानभित्र हंगामा मच्चाएको थियो । यो खबर नेपाल समाचारपत्र राष्टिय दैनिक पत्रिकामा प्रकाशित छ।
त्यसलाई पक्रने सम्पूर्ण प्रयास असफल भएपछि विमानलाई आपतकालीन अवतरण गरिनु परेको थियो । अन्ततः त्यसबाट छुटकारा पाएपछि पुनः सो विमान आफ्नो गन्तव्यतर्फ उडेको थियो ।
तर, फोक्स न्युजले भने टार्को एभिएसनको सो विमानमा अघिल्लो रात नै कतैबाट बिरालो विमान भित्र छिरेको हुनुपर्ने अनुमान गरेको छ ।