एजेन्सी- बलिउड कलाकारहरुको प्रेम जीवन मात्र नभई वैवाहिक जीवनमा चर्चाको विषय बन्ने गरेको छ। धेरै कलाकारहरुको वैवाहिक सम्बन्ध धेरै नटिकेको देख्न सकिन्छ। तर केहि कलाकारहरुको भने धेरै समय देखि सुखद वैवाहिक जीवन बिताइरहेका छौँ। यस लेखमा आज हामी केहि बलिउड कलाकारको चर्चा गर्नेछौ, जसले आफ्नो पत्नीलाई रानीलाई जस्तै सुविधा र प्रेम दिएर राखेका छन्।
अक्षय कुमार
अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्नाले सन् २००१ मा विवाह गरेका थिए। अक्षय कुमार आफ्नो पत्नीलाई धेरै प्रेम गर्छन्। जसको कारण विवाह भएको २१ वर्ष सम्म पनि यी दुईको सम्बन्ध राम्रो रहेको छ। अक्षय आफ्नो पत्नीलाई हरेक तरिकाको खुशी दिन प्रयासरत हुन्छन्।
रितेश देशमुख
पहिलो चलचित्रमा जेनेलिया डिसूजासँगै बलिउडमा डेब्यु गरेका रितेश देशमुख उनकी श्रीमतीलाई धेरै माया गर्छन्। चलचित्र शुटिङको क्रममा प्रेम प्रसङ्ग शुरु भएका यी दुईले प्रेमलाई विवाहमा परिणत गरेका थिए। रितेश आफ्नो पत्नीको हरेक इच्छा पूरा गर्नको लागि प्रयास गर्छन्। आफ्न पत्नीलाई उनले केहिको पनि कमी हुन दिने गर्दैनन्।
शाहरुख खान
बलिउडमा धेरै दुख गरेर स्थापित भएका शाहरुख खान आफ्नो श्रीमती गौरी खानलाई धेरै प्रेम गर्छन्। सन् १९९१ मा विवाह भएको भएतापनि शाहरुख आफ्नो श्रीमतीलाई पहिलाको जतिनै प्रेम गर्ने बताउँछन्। आफ्नो पत्नीलाई शाहरुखले अहिले सम्म केहिको पनि कमी हुन दिएका छैनन्।