बलिउडमा आपसी सम्बन्ध कत्तिको महत्त्वपूर्ण छ यो कसैबाट लुकेको छैन। आज जुन स्टार एकसाथ देखिएका छन् भोलि उनीहरु आपसमा दुश्मन बन्छन्। यो धेरै पटक देखिएको पनि छ। यो त थियो बाहिरको मानिसको कुरा तर आज हामी केहि यस्ता ८ बलिउड स्टारहरुको कुरा गर्छौ जसले सफलता पाएपछि आफ्नै घरपरिवारलाई समेत धोका दिए।
आफ्ना परिवारको लागि यी ८ सेलिब्रेटी निस्किए धोकेबाज:
१. अमीषा पटेल(Ameesha Patel) :
अमीषा पटेलले आफ्नो परिवारमाथि सधै मानसिक यातना दिएको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो अकाउन्टमा पनि गडबड गरेको आरोप लगाएकी थिइन्। उनले ‘कहो न प्यार है’ र ‘गदर’ जस्तो हिट फिल्म दिएपछि परिवारलाई यस्तो आरोप लगाएकी थिइन्।
२. सुरवीन चावला(Surveen Chawla) :
फिल्म इन्डस्ट्रीमा आएकी सुरवीनले आफुलाई धेरै समयसम्म पनि स्थापित गर्न सकिनन्। त्यसपछि उनले फेमस हुनको लागि अंगप्रदर्शन समेत गरिन र यसैकारण अहिले उनि आफ्नो परिवारसंग कुरा गर्दिनन ।
३. कृष्णा अभिषेक(Krushna Abhishek) :
कृष्णाले आफ्नो पूरा करियर गोविन्दको भान्जाको ट्यागमा बनाएका थिए। तर वास्तवमा उनि गोविन्द र उसको परिवारसँग कुरा पनि गर्दैनन् । उनि करियरको सुरुवातमा गोविन्दाको परिवारको साथ बस्थे ।
४. अरशद वारसी(Arshad Warsi) :
अरशद वारसी पनि चर्चित भएपछि आफ्नो नातेदार र कजिन भाइ अनवर हुसैनसंग टाढा छन्।
५. प्रतीक बब्बर :
उनले पनि आफ्नो बलिउड डेब्युपछि आफ्नो बाबुले दोस्रो परिवारको साथ मात्रै धेरै समय बिताउछ भन्दै बाबुमाथि आरोप लगाएका थिए।
६. कंगना रनौत(Kangana Ranaut) :
कंगनालाई आफ्नो परिवारबाट बलिउडको लागि कहिल्यै सपोर्ट मिलेन। त्यसैकारण उनि आफ्नो परिवारसंग कुरा समेत गर्दिनन्।
७. रोहित शेट्टी(Rohit Shetty) :
रोहित शेट्टी अहिलेका चर्चित निर्देशक हुन्। उनको पनि आफ्नो परिवारसंग राम्रो सम्बन्ध छैन। आफ्नो फिल्म करियर सुरु भएदेखि उनले आफ्नो भाइ ह्रदय शेट्टी(Hriday Shetty)संग कुरा गरेका छैनन्।
८. सिद्धार्थ सागर(Siddharth Sagar) :
लाखौ दर्शकलाई हसाउने यी टिभी स्टारले पनि आफ्नी आमालाई मेन्टल टर्चरको आरोप लगाएका थिए। साथै उनको कमाइको दुरुपयोग गरेको आरोप पनि लगाएका थिए।