दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि झन् फुर्तिला ६९ वर्षीय ओली, डक्टर पनि चकित

काठमाडौं : ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न। भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं। म पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस्।’

मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए। यो खाबा अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय ओली झन् सक्रिय देखिएका छन्। स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन्।

सामान्यतयाः मानिसको शरीरमा एउटा वा दुईवटा मिर्गौला हुन्छ। तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन्। ती मिर्गौलामध्ये एउटा मिर्गौलाले मज्जासँग काम गरिरहेको छ। त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन्। रोग र राजनीतिक संघर्ष झेल्दै आएका उनी फुर्तिला देखिन्छन्।

एक वर्षअघि आजकै दिन (फागुन २१) उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्। उनको शरीरमा गरिएको यो दोस्रो प्रत्यारोपण हो। त्यसको १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७०९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसदमा नेकपा : दुवै पक्षका सांसद एकै लहरमा बस्नुपर्ने