यस अभिनेत्रीको अनुहार पनि हेर्न चाहदिनन् करीना, ‘काली बिल्ली’ भन्दै हानेकी थिईन् झापड

एजेन्सी : बलिउडमा यस्ता अभिनेत्रीहरु पनि छन् जो एक-अर्कासँग कुरा गर्नु त धेरै टाढाको कुरा हो, खासमा एक-अर्काको अनुहार पनि हेर्न चाहदैनन्। आज हामी कुरा गर्दै छौँ बलिउडका ती दुई अभिनेत्रीबारे जो एउटै फिल्ममा एकसाथ काम गर्ने गर्थे। तर एकपटक सँगै काम गर्दा भनाभन भयो र त्यो भनाभनले हात हालाहालको रुप पनि लियो।

करीना कपूर र बिपाशु बासु फिल्म ‘अजनबी’ मा एक साथ काम गरेका थिए। उनीहरुसँगै बबी देओल र अक्षय कुमार पनि अहम् भूमिका थिए। फिल्ममा करीना हाउस वाइफको भूमिकामा देखा परेकी थिईन्। बिपाशाले भने एक पत्नी र भिलेनको भूमिका निर्वाह गरेकी थिईन्। करीनाको भूमिका भन्दा बिपाशाको भूमिका निकै दरिलो थियो। भिलेनको रोलबाट बिपाशाले चौतर्फी वाहवाही पनि बटुलेकी थिईन्।

फिल्ममा आफ्नो भूमिकाको कारणले करीना मुर्मुरिएकी थिईन्। झन् बिपाशाले चारैतिरबाट तारिफ बटुलेपछि उनलाई खपिनसक्नु भयो। मिडिया रिपोर्ट अनुसार फिल्म शूटिङको क्रममा सानो कुराले करीना र बिपाशाबीच झगडा सुरु भएको थियो।

रिसले चुर भएकी करीनाले बिपाशालाई ‘काली बिल्ली’ भन्दै गाली गर्दै गालामा बेस्सरी थप्पड पनि हानिन्। करीना र बिपाशाबीचको झगडा मिलाउन जाँदा अक्षय र बबीलाई पनि करीनाले मुखमा जे आउँछ त्यहीँ भन्दै गाली गरिन्।

करीनाको यस्तो व्यवहार देखेर बिपाशा निराश बनेकी थिईन्। झगडापछि बिपाशाले आगामी दिनहरुमा कहिल्यै पनि करीनासँग फिल्ममा काम नगर्ने फैसला लिईन्।

त्यसपछि करीना र बिपाशा कहिल्यै एउटै फिल्ममा देखा परेनन्। तर करीनालाई आफूले गरेको व्यवहारको पश्चाताप थियो। करीनाले सैफ अली खानको जन्मदिनमा बिपाशालाई निम्तो पठाईन्।

बिपाशा वास्तविक जीवनमा निकै उदार स्वभावकी छिन्। उनले करीनाले पठाएको निम्तोलाई लत्याउनुको सट्टा स्वीकारिन्। सैफ अलि खानको जन्मदिनको पार्टीमा गएर बिपाशाले सोझै करीनालाई अँगालोमा बेरिन्।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७१५:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१९ वर्षपछि शाहरुख-सलमानले गर्नेछन् यस्तो काम, तहल्का मच्चिने दाबी