जोन अब्राहम न कुनै घडी लगाउँछन्, न त बडिगार्ड नै राख्छन ! तर किन ?

एजेन्सी : सञ्चार माध्यमहरुमा बलिउड स्टारहरु भन्दा उनीहरुका जीवनशैलीको चर्चा बढी हुने गर्दछ। यसको कारण यो हो कि हरेक बलिउड हस्तीहरु एक से ब्राण्डका कपडा लगाउन्छन् र सबै महँगो कार खरिद गर्छन। तर हिन्दी सिने जगतकै एक यस्तो कलाकार पनि छन् जो आम जिन्दगी जिउनुमा विश्वास राख्छन। हामी कुरा गरिरहेका छौं जोन अब्राहमको।

मोडेल जोन अब्राहमले करिब १८ वर्ष अघि बलिउडमा कदम राखेका थिए। आफ्नो फरक अन्दाजको कारण जोन चाँडै नै लोकप्रिय भए। तर तपाई यो जानेर आश्चर्यचकित पर्नुहोला कि थुप्रै हिट फिल्म दिईसकेका जोन अत्यन्तै सामान्य तरिकाको जिन्दगी जिउने गर्छन। हो, यो सत्य हो। सन् २०१८ मा परमाणु फिल्मको प्रमोसनको क्रममा जोनले यो कुरा खुलासा गरेका हुन्।

आणविक हातहतियार परीक्षणमा आधारित फिल्म ‘परमाणु: द स्टोरी अफ पोखरण’ मा जोनले प्रमुख भूमिकामा निभाएका थिए । यस फिल्मको जानकारी प्रेसलाई दिदैं जोनले आफ्नो निजी जिन्दगीको बारेमा पनि केही कुराहरु सार्वजनिक गरेका थिए। जोनले बताएका थिए कि उनी आफूमा खासै ध्यान दिदैनन्। उनले भने- ‘म एक मध्यम वर्गीय परिवारबाट हुँ, मलाई घडी बाँध्ने पनि सौख छैन। न त म सँग कुनै महँगो कार छ। म आफ्नो शर्तमा जिन्दगी जिउछु। मेरो अधिक र अनावश्यक खर्च गर्ने बानी पनि छैन।’

जोनको यस्तो बानी निकै नै प्रशंसनीय र अनुकरणीय रहेको छ। दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त पनि यस्तै आम जिन्दगी जिउन मन पराउँछन्। बलिउडका स्टारहरुले पनि जोन यी कुराहरुको अनुसरण गर्न आवश्यक देखिन्छ।

प्रकाशित : बुधबार, फागुन १९, २०७७१०:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड एक्टर्स जो रियल लाइफमा चस्मा लगाउँछन्, तर मानिसहरुका अगाडी खासै देखाउँदैनन्