राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीकाे कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् । चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएपछि उनले आफूलाई आश्चर्य लागेको बताएका हुन् ।
भिभिआइपी र भिआइपीको सुरक्षामा जहिले पनि ‘थ्रेट’ हुन्छ । त्यो नौलो विषय होइन । तर, उहाँले म ‘थ्रेट’मा छु, जहिले पनि आक्रमण हुनसक्छ भनेको त ममात्र होइन तिमीहरू पनि सुरक्षित छैनौ भनेर जनतालाई भन्न खोजेको हो । प्रधानमन्त्रीले नै असुरक्षित छु भन्ने दिन आएपछि जनता कसरी सुरक्षित होलान् ? प्रधानमन्त्रीको अभिव्यक्तिले यही सन्देश गएको छ । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा छ।
यस्तो गलत सन्देश स्वयं प्रधानमन्त्रीबाट प्रवाहित भएको छ । यस्तो विषय उहाँले बोल्ने होइन । नेताले लोकप्रियता गुमायो भने यस्ता कुरा गर्छन् । भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छु,-रा हा,-न्न खोजियो भनियो । पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ । अनुसन्धानको क्रममा त्यो कुरा पुष्टि भयो ।
पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नु भनेर लगाइएको थियो, आ,-क्रमण नै गर्ने योजना थिएन भनेर खुलासा गरेका थिए ।
