ओली र प्रचण्ड दुबैलाई हटाएर आफू पार्टी अध्यक्ष बन्ने बामदेव गौतमको यस्तो गोप्य ‘प्लान’

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि वामदेव गौतमले एकीकृत पार्टीको अध्यक्ष दाबी गरेका छन्। बिहीबार बिहान खुमलटार पुगेर पुष्पकमल दाहाललाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाइ गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो। गौतमले बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरूलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए। यो खबर नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित छ।

‘उहाँले पार्टी एकतामा जोड दिनुभयो साथै ओलीको सम्मानजनक बिदाइको कुरा पनि गर्नुभयो र संक्रमणकालीन अध्यक्षका लागि आफूलाई प्रस्ताव गर्नुभयो,’ खुमलटारनिकट स्रोतले भन्यो। संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए। पुस ५ गते संसद् विघटन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन्।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७०९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अद्भुत खबर : हिपनोथेरापिस्टको सहायताले पूर्वजन्मको कुरा थाहा पाउन सकिने