काठमाडौँ : व्यक्तिको गुणले नै उसलाई सर्वप्रिय बनाउँछ। गुणवान व्यक्तिको सबैले तारिफ गर्छन्। समाजमा मानिस उसको नजिक रहन्छन्। यदि व्यक्तिमा गुणहरु छैनन् भने उसको जीवन कठिन हुन्छ। चाणक्यले एक श्लोकको माध्यमबाट मनुष्यमा हुने जन्मजात गुणको बारेमा वर्णन गरेका छन्।
दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता ।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः ॥
दान दिने इच्छा, मधुर वचन, धैर्य र उचित अथवा अनुचितको ज्ञान, यी चार गुण मनुष्यमा जन्मजात नै हुन्छ। अभ्यासबाट यी गुणहरु प्राप्त गर्न सकिदैन।
अहिलेको भाषामा भन्नुपर्दा यी गुण आनुवंशिक हुन्छन्। परिवेशले यिनलाई विकसित गर्न सक्छन्। वातावरणको मद्दतले धेरथोर परिभाषित गर्न सकिन्छ। अभ्यासबाट प्राप्त गुण अभ्यास गर्न छाड्दा नष्ट हुन्छन् तर जन्मजात भएका गुणहरु कहिले नष्ट हुँदैन।