कहिल्यै पनि धोका दिदैनन् यी ५ राशिका महिला, आँखा चिम्लेर गर्न सकिन्छ भरोसा !

प्रेम सम्बन्धमा सबै भन्दा महत्वपूर्ण हुन्छ एक-अर्का प्रतिको विश्वास र वफादारी। दुबै जना एक अर्का प्रति वफादार छन् भने त्यो सम्बन्ध लामो समयसम्म टिक्छ। तर दुई मध्य एक जना पनि वफादार छैन भने त्यो सम्बन्ध धेरै समय टिक्न सक्दैन।

ज्योतिष शास्त्रका अनुसार कुनै मानिस आफ्नो प्रेम जीवनमा कति वफादार हुन्छ भन्ने कुरा उसको राशिमा पनि निर्भर हुन्छ। आज हामी तपाईंलाई कुन राशिका महिला प्रेममा आफ्नो साथी प्रति वफादार हुन्छन् त भनेर बताउछौं। यी ५ राशिका महिलाले कहिल्यै पनि प्रेममा धोका दिँदैनन्।

वृष राशि 

वृष राशिका महिलाहरू शान्त र कोमल स्वभावका हुन्छन्। ज्योतिषका अनुसार यस राशिका महिलाहरु सबैभन्दा भरपर्दो हुन्छन्, यिनीहरुलाई सजिलै विश्वास गर्न सकिन्छ। स्वभावले थोरै ग-म्भी’र किसिमका यी महिलाले एक पटक जसलाई आफ्नो मनमा राखे उसलाई कहिले पनि धोका दिने बारे सोच्न पनि सक्दैनन्।

कर्कट राशि 

यस राशिका महिलाहरु भावुक किसिमका हुन्छन्। यसै कारण पनि यिनीहरु धोका दिन सक्दैनन्। यस राशिका महिलाहरुले आफ्ना पार्टनरलाई धेरै माया गर्छन्, उनीहरूको साना आवश्यकताहरू र चाहनाहरूको ख्याल राख्छन् र तिनीहरूलाई पूरा गर्न हर प्रयास गर्छन्।

कन्या राशि 

समझदार महिलाको प्रथम श्रेणीमा पर्छन् कन्या राशिका महिला। यसै कारण यिनीहरु आफ्नो प्रेम सम्बन्ध पनि निकै समझदारीका साथ चलाउँछन्। यस राशिका महिला आफ्नो पार्टनरलाई कहिल्यै धोखा दिन सक्दिनन् तर कसैले धोका दियो भनेपनि सहन सक्दैनन्।

वृश्चिक राशि 

वृश्चिक राशिका महिलाहरु भावनात्मक किसिमका हुन्छन् र साँचो प्रेम गर्छन्। यस राशिका महिलाहरु धेरै रोमान्टिक हुन्छन् साथै सम्बन्धको सबै आवश्यकताहरू पनि राम्रोसँग बुझ्दछन्। यिनीहरुले कसैलाई एक पटक आफ्नो मनमा राख्छन् भने जीवनभर साथ दिन्छन्।

मकर राशि 

मकर राशिका महिला निकै समझदार हुन्छन्। यिनीहरु आफ्नो प्रेमीको कुनै पनि दुख देख्न सक्दैनन्। जस्तो सुकै समस्या परेपनि साथ रहेर उक्त समस्या समाधान गर्न तयार हुन्छन्। यस राशिका महिलाले एक पटक कसैलाई प्रेम गरे भने जीवनभर आफ्नो प्रेमीलाई प्राथमिकतामा राख्छन्।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७१९:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन ६ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !