भोलि फाल्गुन ५ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन अनुकूलताले  परिपूर्ण रहनेछ। सबै कार्यमा  सफलता मिल्नाले तपाईको मनमा हर्ष र प्रसन्नताको अनुभव गर्नुहुनेछ। आर्थिक क्षेत्रमा दिन लाभदायक साबित हुनेछ। मित्र र आफन्तसँग मिल्नाले घरेलू वातावरण आनन्द र  उल्लासले भरिपूर्ण रहनेछ।  उत्तम वस्त्र र भोजन मिल्नेछ।  मित्र वर्ग तथा शुभेच्छकको तर्फबाट  उपहार प्राप्त गर्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको मनमा अनेक प्रकारको चिन्ता रहनेछ।स्वास्थ्य पनि स्वस्थ रहनेछ। विशेष रूपले आँखामा समस्या हुनेछ। आफ़न्त र परिवारसँग   मनमुटाव खडा हुनेछ। खर्चको मात्र बढ्नेछ। उचित पारिश्रमिक नमिल्नाले मनमा निराशा उत्पन्न हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विविध लाभ प्राप्ति हुनेछ। परिवारमा पुत्र र पत्नीको तर्फबाट लाभदायक समाचार मिल्नेछ। मित्रसँगको भेट आनन्ददायक रहनेछ।  व्यापारी वर्गको आय वृद्धि हुनेछ । पेसामा उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ। विवाहोत्सुक व्यक्तिले जीवनसाथी पाउने योग रहेको छ।  स्त्री मित्रको तर्फबाट लाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पेसा वा  व्यवसाय गर्नेको लागी दिन लाभदायक रहनेछ। उच्च अधिकारीको कृपादृष्टि रहनाले पदोन्नति होला। उच्च पदाधिकारीसँग  महत्त्वपूर्ण मामलाको साथसाथै खुल्ला मनले चर्चा गर्नुहुनेछ।  शारीरिक- मानसिक ताजगीको अनुभव गर्नुहुनेछ।  मान-सम्मानको हकदार रहनुहुनेछ।  सरकारको तर्फबाट लाभ र  सांसारिक सुख  वृद्धि हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन मध्यम फलदायक रहनेछ। धार्मिक र माँगलिक कार्यमा उपस्थित रहनुहुनेछ। धार्मिक प्रवासको आयोजन हुनेछ।  स्वास्थ्य साधारण  रहनेछ। विदेशमा रहने आफन्तको समाचार मिल्नेछ। उच्च पदाधिकारीसँग सावधानीपूर्वक व्यवहार गर्नुहुनेछ। पेसामा समस्या आउनेछ। सन्तानको चिन्ता रहनेछ। शरीरमा  आलस, थकान र अनमनस्यकता रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य सुरु नगर्नुहोला। बाह्य खाद्य पदार्थ खानाले स्वास्थ्य खराब होला। रिस अधिक मात्रा रहनेछ।  पारिवारिक सदस्यसँग मनमुटाव होला। पानीबाट बच्नुहोला। उचित पारिश्रमिक नमिल्नाले मनमा उदासी रहनेछ। हित शत्रुबाट सम्हालेर रहनुहोला।  गूढ रहस्यमय मामलामा अधिक रुचि रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन सफलता र आनन्दमय रहनेछ। पुरै दिन मनमा प्रसन्नताको अनुभव गर्नुहुनेछ। सार्वजनिक जीवन सम्बन्धि कार्यमा सफलता र सिद्धि प्राप्त गर्नुहुनेछ। विशेषरूपले विपरीत लिंगीय व्यक्ति तपाईको जीवनमा छाईरहनेछ। नयाँ वस्त्राभूषण खरिद गर्नुहुनेछ तथा लगाउने अवसर पाउनुहुनेछ। शारीरिक र मानसिक स्वास्थ्य बनिरहनेछ। उत्तम भोजन र वैवाहिक सुख  प्राप्ति हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पूर्वनिर्धारित भेट रद्द हुनाले निराशा र क्रोधको भावना पैदा हुनेछ। हातमा आएको अवसर गुमेको महसुस हुनेछ। पारिवारिक सदस्यसँग  मतभेद हुनेछ । विरोधी प्रतिस्पर्धिबाट सम्हालेर बस्नुहोला। आयको अपेक्षा व्ययको  मात्रा अधिक रहनेछ । नयाँ कार्य वा  योजनाको आरम्भ नगर्नुहोला।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन मिश्र फलदायी रहनेछ। पेट सम्बन्धि समस्या खडा हुनेछ। सन्तानको स्वास्थ्य र पढ़ाईको सम्बन्धमा चिन्ताले मन व्यग्र रहनेछ। कार्यमा सफलता नमिल्दा उत्पन्न भएको  क्रोधको भावनामा  काबु राख्नुहोला। प्रिय व्यक्तिसँग रोमांचक क्षणको आनन्द उठाउनुहुनेछ। साहित्य र लेखनको क्षेत्रमा  रुचि रहनेछ। बातचीत तथा बौद्धिक चर्चाबाट टाढा रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन प्रतिकुलताले भरिपूर्ण रहनेछ। जसकारण  मनमा खिन्नता अनुभव हुनेछ । शरीरमा  स्फूर्ति र ताजगीको अभाव रहनेछ । सार्वजनिक जीवनमा  मानहानि होला। छातीमा पीडा रहला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तन-मनले प्रसन्नताको अनुभव गर्नुहुनेछ। मनमा  छाएको चिन्ताको  बादल टाढा हुनाले उत्साह बढ्नेछ। आनन्दपूर्वक समय बिताउनुहुनेछ।  लघु प्रयास हुनेछ। मित्र तथा आफन्तसँगको भेटले चित्त प्रसन्न गर्नुहुनेछ। कार्यक्षेत्रमा  प्रणालिद्वारा प्रभावकारी परिणाम प्राप्त गर्न सक्नुहुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

बोलीमा ध्यान राख्नुहोला। क्रोधको कारण कसैसँग झगडा वा मनमुटाव होला।  शारीरिक कष्टको अनुभव हुनेछ। विशेष रूपले आँखाको ध्यान राख्नुहोला। । पारिवारिक सदस्य र प्रेमीद्वारा घरमा विरोधको वातावरण रहनेछ।  नकारात्मक विचार तपाईको मनमा  हावी नहोस् यस उराको ध्यान राख्नुहोला।

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७२०:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेममा पागल हुन्छन् यी ५ राशिका मानिस !