माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
वसन्त पञ्चमीमा माता सरस्वतीलाई प्रसन्न गर्दा बुद्धि र ज्ञानसँग जोडिएका वरदान प्राप्त हुन्छ। सरस्वती माताको पूजा गर्दा अज्ञानी व्यक्ति पनि ज्ञानी बन्ने मान्यता छ। ज्ञान, कला, सङ्गीत र वाणीसँग सम्बन्धित समस्या या पढाईमा मन नलाग्ने समस्या छ भने सरस्वती माताको उपासना गर्दा लाभ मिल्छ। वसन्त पञ्चमीमा राशिअनुसार कसरी माता सरस्वतीलाई प्रसन्न गर्न सकिन्छ त ?
मेष राशि – मनको चञ्चलतको कारण एकाग्रतामा समस्या आउने योग छ। वसन्त पञ्चमीमा माता सरस्वतीलाई प्रसन्न गराउँदा एकाग्रता बढ्नेछ। यसलाई अझ राम्रो बनाउनको लागि रातो रङ्गको कलम माता सरस्वतीलाई अर्पित गर्नुहोला।
वृष राशि – विभिन्न चीजहरु बुझ्न र लामो समयसम्म याद राखिराख्न समस्या हुन्छ। यसकारण यस्तो समस्या समाधानको लागि हरियो रङ्गको कलम माता सरस्वतीलाई अर्पित गर्नुहोला।
मिथुन राशि – दिमाग तीक्ष्ण भए पनि एक ठाउँमा ध्यान दिन कठिन हुन्छ। बारम्बार निर्णयलाई लिएर भ्रमको शिकार हुन्छ। यस्तो स्थितिमा मातालाई सेतो या पारदर्शी कलम अर्पित गर्नुहोला।
कर्कट राशि- बुद्धि पनि राम्रो र विद्याको योग पनि अत्यन्तै राम्रो छ। परन्तु प्रारम्भिक समयमा सही शिक्षाको दिशा पाउनुहुन्न। अत: बाधाहरुका सामना गर्नुपर्नेछ। सुधारको लागि रातो रङ्गको कलम मातालाई अर्पित गर्नुहोला।
सिंह राशि – बुद्धिमान भएर पनि उत्तरदायित्वले थिचिएर यिनीहरु शैक्षिक क्षेत्रमा प्राय: पछाडी पर्छन्। शिक्षा र विद्यालाई राम्रो बनाउन मातालाई पहेलो रङ्गको कलम अर्पण गर्नुहोला।
कन्या राशि – विद्या बुद्धि उत्तम हुन्छ र शिक्षामा पनि उत्कृष्ट रहनुहुन्छ। तर कुनै-कुनै बेला अतिविश्वासको कारण नोक्सान पुग्न सक्छ। अतिविश्वासलाई नियन्त्रित गर्नको लागि यस राशिका जातकले निलो रङ्गको कलम चढाउनुपर्नेछ।
तुला राशि – यस राशिका मानिस देखावटीपन र ग्लामर छिटै फस्छन्, जसले गर्दा बाँकी चीजहरुमा ध्यान दिन सक्दैनन्। फलत: शिक्षा र करियर नष्ट हुन्छ। यसको समाधानको लागि कालो रङ्ग या निलो रङ्गको कलम मातालाइ अर्पण गर्नुहोला।
वृश्चिक राशि – प्राय: यस राशिका मानिस शिक्षा र करियरमा केही गर्न चाहन्छन् तर अरु नै गर्न पुग्छन्। किनकी यस राशिका मानिस सही समयमा सही निर्णय लिन सक्दैनन्। यसको समाधानको लागि यस राशिका मानिसले मातालाई पहेलो रङ्गको कलम अर्पित गर्नुहोला।
धनु राशि – जीवनको प्रारम्भिक अवस्थाको समस्याको कारण यस राशिका जातकले मनले चाहेको शिक्षा पाउन सक्दैनन्। यद्यपि यिनीहरुले आफ्नो करियर जसरी भए पनि बनाएरै छाड्छन्। मातालाई रातो रङ्गको कलम अर्पित गरेर समस्याबाट निजात पाउन सक्नुहुन्छ।
मकर राशि – प्राय: सही समयमा सही निर्णय लिन्छन्। शिक्षा र प्रतियोगितामा राम्रो सफलता पनि पाउँछन्। परन्तु धेरै काम एकैपटक गर्ने चक्करमा मामिला बिग्रन सक्छ। लक्ष्यमा ध्यान केन्द्रित गर्नको लागि मातालाई सेतो या पारदर्शी कलम अर्पण गर्नुहोला।
कुम्भ राशि – बुद्धि अत्यन्तै तेज र राम्रो हुन्छ। तर करियरमा लापरवाह हुने कारण जुन ठाउँमा पुग्नु पर्ने हो त्यहाँ पुग्न सक्दैनन्। लापरवाही कम गर्नको लागि हरियो रङ्गको कलम अर्पित गर्नु उत्तम हुनेछ।
मीन राशि – यदि दिमाग अरुलाई हानिनोक्सानी पुर्याउने कुरामा लगाउनुहुन्न भने उत्तम हुनेछ। शान्तिसँग बस्नुभएमा शिक्षा र प्रतियोगितामा उत्कृष्ट परिणाम मिल्नेछ। अझ सुधारको लागि मातालाई सेतो कलम अर्पित गर्नुहोला।