लगालग २५ वटा फ्लप फिल्म दिएपछि सुपरस्टार बने यस अभिनेता, रोचक छ कहानी

एजेन्सी : आजको समयमा बलिउडमा एक-दुई वटा फिल्म फ्लप हुनेबित्तिकै कलाकारलाई फ्लप कलाकारको तक्मा भिराइन्छ। यस्तो अवस्थामा असफलताबाट पाठ सिकेर सुपरस्टार बन्ने अपेक्षा राख्नु नै व्यर्थ साबित हुन्छ।

तर के तपाईलाई थाहा छ बलिउडमा यस्ता सुपरस्टार पनि छन् जसले एक दुई वटा मात्र हैन लगातार २५ फ्लप फिल्म दिएका थिए। २५ फ्लप फिल्म दिएपछि सुपरस्टार बनेका यस अभिनेताको कहानी अत्यन्तै रोचक छ।

हामी कुरा गर्दै छौँ बहुप्रसिद्ध अभिनेता शम्मी कपूर। बलिउडमा आफ्नो खास डान्स स्टाइल स्थापित गर्ने श्रेय शम्मी कपूरलाई जान्छ र त्यसलाई शम्मी कपूर स्टाइल भनिन्छ।

खासमा शम्मी कपूरको अभिनेता बन्ने कुनै इच्छा थिएन। उनी त एरोनटिकल इन्जिनियर बन्न चाहन्थे। तर पनि पछि उनले अभिनयको दुनियाँमा आफ्नो भविष्य देखे। पृथ्वीराज कपूरको छोरा भएको कारण उनले पृथ्वी थिएटरमा काम गर्न सुरु गरे, जहाँ उनले पारिश्रमिक रुपमा ५० रुपैयाँ पाउने गर्थे। त्यहाँ ५ वर्षसम्म अभिनय सिकेपछि उनले १९५३ मा फिल्म ‘जीवन ज्योति’ बाट बलिउडमा डेब्यु गरेका थिए। तर उनको सुरुको फिल्म नै फ्लप भयो र यो सिलसिला २५ फिल्मसम्म चल्यो। सुरुमा उनलाई राजकपूर जस्तै अभिनय भएको मानिसहरुले बताउँथे। तर पछि उनले आफ्नो लुक र स्टाइलमा बदलाव गरे र आफूलाई एक आइकोनिक स्टाइलको रुपमा स्थापित गरे।

सुरुवातमा अभिनेता शम्मी कपूरका फिल्म फ्लप भएपनि गीता बालीसँग विवाह गरेपछि उनले लगातार हिट फिल्म दिन थाले। उनको अभिनेता नासिर हुसैनसँग जोडी राम्रो जम्न थाल्यो र यी दुई मिलेर थुप्रै हिट फिल्महरु दिए।

शम्मी कपूरका हिट फिल्महरुमा ‘तुमसा नहीं देखा’, ‘दिल देके देखों’, ‘जंगली’, ‘उजाला’, ‘चाइना गेट’, ‘ब्लफमास्टर’, ‘कश्मीर की कली’, ‘जानवर’, ‘ब्रह्मचारी’, ‘तुमसे अच्छा कौन है’ र ‘एन इवनिंग इन पेरिस’ लगायात थुप्रैहरु समावेश छन् जुन सुपरहिट साबित भए।

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलेका बलिउड नायिकाहरु भन्दा पनि सुन्दर र बोल्ड छन् यी गायिकाहरु [तस्विर सहित]