विद्युत जामवालले यस खास सूचीमा राखे आफ्नो नाम, ब्रूस लीसँग गरे बराबरी

एजेन्सी : विद्युत जामवाल एक कुशल अभिनेता सँगसँगै एक सर्वश्रेष्ठ मार्शल आर्टिस्ट पनि हुन्। उनको एक्सन देखेर फ्यान्स पागल हुन्छन्। अहिले गुगलले पनि अभिनेता विद्युत दुनियाँकै सर्वोत्कृष्ट मार्शल आर्टिस्ट मध्ये एक भएको स्वीकारेको छ।

ठुला ठुला दिग्गजहरुलाई पछाडी पारेर विद्युत जामवाल बेस्ट मार्शल आर्टिस्टमा शामिल भएका छन्। हालै मात्र गुगलले विद्युत जामवाललाई विश्वको सर्वोत्कृष्ट मार्शल आर्टिस्ट मध्ये एक मानेको छ। विद्युत जुन लिस्टमा समावेश छन् त्यसमा ब्रुस ली, ज्याकी च्यान, जेट ली, चक नोरिस, टोनी जा, स्टिभन सिगल जस्ता दुनियाँका दिग्गज मार्शल आर्टिस्टस छन्।

अभिनेता विद्युतलाई यस सूचीमा समावेश गर्नु ठुलो कुरा हो। उनले भारतमा सबैभन्दा जवान फिटनेस स्टारको रुपमा लोकप्रियता हासिल गरेका छन्। अभिनेताले आफ्नो मार्शल आर्टले सबैलाई मन्त्रमुग्ध बनाएका छन्। उनको हरेक फिल्ममा उनको शानदार एक्सनले दर्शकको मन जित्नस सफल भएका छन्। उनले आफ्नो मार्शल आर्टले भारतको नाम विश्वभरी चिनाएका छन्।

विद्युत जामवालले ३ वर्षको उमेरदेखि नै मार्शल आर्ट सिक्न सुरु गरेका थिए। विद्युतले केरलाको आश्रमबाट मार्शल आर्टको ट्रेनिङ लिएका थिए। जुन ट्रेनिङ सेन्टरबाट विद्युतले मार्शल आर्ट सिकेका थिए त्यो ट्रेनिङ सेन्टर उनकी आमाले चलाउँथिन्।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिल्पा शेट्टीका पतिले गल्तीले खोले बेडरुम सिक्रेट, लजाएर शिल्पाले दिईन् यस्तो प्रतिक्रिया