दैनिक आउने १० किलो सुनले पुगेन् व्यवसायीलाई, कोटा बढाउन दौडधुप

सुन आपूर्तिमा लगाइराखिएको कोटा बढाउन व्यवसायीले संस्थागत लबिङ थालेका छन् । हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै उनीहरूले आयात बढाउन माग गरेका हुन् । हाल वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । यस परिमाणले बजारको मागअनुसार पूर्ति नभएको भन्दै यसलाई बढाउनका लागि व्यवसायीले सुनचाँदी तथा गरगहना क्षेत्रका विभिन्न संघमार्फत लबिङ गरेका हुन् ।

अत्यधिक सुन आयातका कारण देशको व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुन आयातमा नियन्त्रण गर्न थालेको हो । नेपाल राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि जारी गर्दै वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने गरी दैनिक कोटा समेत निर्धारण गरेको छ । यो खबर कारोबारमा प्रकाशित छ।

कार्यविधिअनुसार तोकिएको आयातसम्बन्धी कोटा भने विभिन्न समयमा परिवर्तन हुँदै आएको छ । राष्ट्र बैंकले कोरोना अघिसम्म दैनिक २० किलो सुन आयात गर्न सकिने गरी कोटा निर्धारण गरेको थियो । यसैगरी चाडपर्वको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको थियो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ ।

प्रकाशित : बुधबार, माघ २८, २०७७०९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा अझै महिलालाई ‘विचरी’ भन्ने मानसिकता : विदेश जान पालिकाको सिफारिस अनिवार्य