प्रियंकाले शेयर गरिन् फिल्मी क्षेत्रको लाजलाग्दो पाटो : जब चर्चित डायरेक्टरले नै बू-‘ब ज”ब’ गर्न भने…

एजेन्सी : बलिउड देखि हलिउडसम्म नाम कमाईसकेकी प्रियंका चोपडा(Priyanka Chopra) अहिले भारतीय सिनेमाको ती स्टारहरुमध्ये एक हुन्, जसले ग्लोबल आइकन बन्ने अवसर हासिल गरिसकिन्। अभिनेत्री प्रियंकाको बलिउड देखि हलिउड सम्मको यात्रा अरु स्टारहरुजस्तै लामो र मुश्किल थियो। प्रियंका चोपडाले हालै आफ्नो करियर र जिन्दगीका अनेक तीतामीठा सत्यहरु समेटेर एक पुस्तक ‘Unfinished: A Memoir’ प्रकाशित गरेकी छिन्। यस पुस्तकमा प्रियंका चोपडाले आफ्नो जिन्दगीका अहम पाटो र संस्मरणलाई फ्यानहरु माझ शेयर गरेकी छिन्।

एक खुलासा गर्दै प्रियंका चोपडाले यस पुस्तकमा बताएकी छिन् कि एक ख्यातिप्राप्त निर्देशकले उनलाई ‘बू-‘ब ज”ब’ को सल्लाह दिएका थिए। यद्यपि अभिनेत्री प्रियंकाले ती चर्चित निर्देशक तथा फिल्म निर्माताको नाम भने खुलाईनन्। प्रियंका चोपडाले बताईन् कि सन् २००० मा मिस वर्ल्डको ताज पहिरिएपछि उनको पहिलो भेट जुन निर्देशकसँग भएको थियो, तिनैले उनलाई ‘बू-ब जब’ गर्न सल्लाह दिएका थिए ताकि उनको शरीरको अनुपात सही होस्।

इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार प्रियंका चोपडाले आफ्नो पुस्तकमा लेखेकी छिन् – ‘केही मिनेटको कुराकानीपछि डायरेक्टरले मलाई उठ्न भने र घुम्न भने। डायरेक्टरले तलदेखि माथिसम्म हेरेपछि मलाई बू-‘ब ज-‘ब गर्न सुझाव दिए ताकि मेरो शरीरको अनुपात सही होस् र अझ राम्रो साथै का–‘मुक देखिनेछ।’ प्रियंकाले आफ्नो किताबमा डायरेक्टरसँगको भेटवार्तापछि आफूलाई मानसिक रुपमा धेरै असर परेको र आफूले आफूलाई एकदमै निकम्मा महसुस गर्न लागेको खुलासा गरेकी छिन्। प्रियंकाले आफ्नो किताब बारे एक अडियो नोटमार्फत इन्स्टाग्राममा जानकारी दिएकी थिईन्।

प्रियंका चोपडाले आफ्नो किताबमा आफ्नो शारीरिक बनोट र रुपरङ्गको कारण निकै समस्याहरु झेल्नु परेको बताएकी छिन्। करियरको सुरुवाती अवस्थामा आफूलाई आफ्नो करियर सुरु हुनु अघि नै समाप्त हुन् थालेको जस्तो भान भएको कुरा पनि प्रियंकाले खोलेकी छिन्। कामको कुरा गर्ने हो भने प्रियंका चोपडाको हातमा अहिले दुई हलिउड फिल्म छन्। उनी चाँडै ‘Text For You’ फिल्ममा देखिनेछिन्। यस बाहेक उनी ‘Matrix 4’ मा पनि काम गरिरहेकी छिन्।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमिताभ बच्चन र रेखाको अघोषित प्रेम कहानी, गुपचुप विवाह पनि !