कपुर परिवारमा फेरी अर्को झट्का, अभिनेता राजीव कपुरको आकस्मिक मृत्यु !

कपुर खानदानलाई एक वर्षभित्र दुई ठुलो झट्का लागेको छ। ऋषि कपूरको सानो भाइ अर्थात् बलिउड अभिनेता राजीव कपुर मंगलबार यस  संसारबाट बिदा  भएका छन्। हर्टअ-ट्याकको कारण राजीव कपूरको निधन भएको हो । राजीव कपुरको ५८ वर्षको उमेरमा निधन भएको हो।

 राजीव कपूर, तिन दाजुभाईहरु रणधीर र ऋषि कपूरमध्ये सबैभन्दा कान्छो थिए।  खबरअनुसार राजीवलाई एक्कासी हर्टअ-ट्याक आएपछि तुरुत्न्त अस्पताल लगिएको थियो तर अस्पताल लग्नसाथ उनको मृत्यु भैसकेको थियो।

केहि महिना पहिले मात्रै ऋषि कपूरको मृत्यु भएको थियो। त्यसपछि शोकमा डुबेका परिवारमा फेरी राजीवको आकस्मिक निधनले पुरै परिवार स्तब्ध छन्। ऋषि कपूरकी श्रीमती र राजीव कपूरकी भाउजुले  यस खबरको पुष्टि गरेका थिए। साथै नीतू कपूरले पनि आफ्नो अफिशियल इंस्टाग्राम अकाउंटबाट राजीव कपूरको फोटो शेयर गरि उनको निधन भएको पुष्टि गरेकी छिन्।

राजीव कपूर अभिनेता मात्रै नभई प्रोड्यूसर र डायरेक्टर पनि हुन् । उनले १९८३ को फिल्म ‘एक जान हैं हम’ बाट बलिउडमा डेब्यु गरेका थिए। यसपछि उनि १९८५ को फिल्म ‘राम तेरी गंगा मैली’ मा  मुख्य भूमिकामा देखिएका थिए। त्यस्तै उनले आसमान (१९८४), लवर व्वाय  (1985), जबरदस्त (१९८५) र हम तो चले परदेस (१९८८) मा पनि आफ्नो दमदार एक्टिंगबाट मानिसहरुको दिल जितेका थिए। राजीव कपूरले फिल्म प्रेमग्रंथ निर्देशन गरेका थिए।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१५:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूर्व मुख्यमन्त्री तथा हालका शिक्षा मन्त्रीकी छोरी बलिउडमा दमदार इन्ट्री गर्दै