आज मङ्गलबारको आर्थिक राशिफल : मिथुन-कर्कट राशि वालाको खर्च बढ्नेछ, यी राशिलाई धन लाभ

मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आर्थिक हिसाबले पूरा सप्ताह तपाईको राम्रो रहनेछ। आर्थिक मामिलासँग सम्बन्धित सम्पूर्ण समस्या हल हुनेछन्। साथै खर्च पनि नियन्त्रित रहनेछन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको आर्थिक उन्नतिको सम्भावना छ। धन लाभको लागि आजको दिन अत्यन्तै शुभ छ। साथै नयाँ योजनाद्वारा अगाडी बढ्न सफल हुनुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

आर्थिक रुपमा समय तपाईको मध्यम खालको छ। यद्यपि कुनै महिलाको सहयोगमा तपाईले आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। खर्च पनि बढ्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

हरेक चिजले तपाईको खर्च बढाउँन् सक्छ। स्वास्थ्य सेवामा अधिक खर्च हुने योग छ। आर्थिक रुपमा तपाईको लागि समय मध्यम छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

आर्थिक हिसाबले तपाईको समय राम्रै छ। बोलीको भरमा धन प्राप्त हुनेछ। साथीभाईहरुले दिल खोलेर तपाईलाई आर्थिक सहयोग गर्नेछन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कुनै महिलाले तपाईलाई आर्थिक सहयोग गर्नेछन्। तपाईले आफ्नो क्रोधमा नियन्त्रण राख्न आवश्यक देखिन्छ। खर्चको क्रममा  हिसाबकिताबमा विशेष ख्याल गर्नुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको आफ्नो बोलीको कारण धन गुमाउनुहुनेछ। साथै धन लाभ प्रति तपाई सजग रहन आवश्यक छ। खर्च तपाईको नियन्त्रणमा रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

आर्थिक रुपमा समय तपाईको लागि मध्यम छ। घर-परिवारबाट आर्थिक लाभ पाउनुहुनेछ। साथै दाजुभाईहरुले आर्थिक सहयोग गर्नेछन्।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धन लाभको लागि नयाँ तरिका अपनाउनुहुनेछ। धनको बचत हुनेछ र आर्थिक रुपमा समय राम्रो रहनेछ। पारिवारिक खर्च नियन्त्रण गर्न सक्षम रहनुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको लागि यो आर्थिक उन्नति गर्ने उपयुक्त समय हो। आफ्नो बाटो तय गर्नुभएमा लाभ अवश्य मिल्नेछ। तपाईले पूर्णत: आर्थिक सुख पाउनुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आर्थिक रुपमा अगाडी बढ्नको लागि तपाई प्रयासरत रहनुहुनेछ। बोली नसम्हाल्दा पारिवारिक सम्बन्धमा दरार आउन् सक्छ। धन लाभ सबै ढोका बन्द हुनेछन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces) : 

कुटुम्ब र परिवारबाट कुनै पनि प्रकारको सहायता मिल्दैन। तपाईको जिम्मेवारी पहिलेभन्दा धेरै बढ्नेछ। आर्थिक रुपमा तपाईको समय मध्यम छ।

प्रकाशित : सोमबार, माघ २६, २०७७१९:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माघ २६ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !