आज सुन ६७ दिन यताकै सस्तो !

काठमाडौँ – बिहिबार ६४ दिन यताकै सस्तो भएको सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहिबार तोलामा ९ सय रुपैंयाले घटेको सुनको मूल्य शुक्रबार १ हजार १ सयले घटेको हो।

तोलामा १ हजार १ सयले घटेसँगै छापावाला सुनको मूल्य ९० हजार कायम भएको छ। शुक्रबार तेजाबी सुनको मूल्य पनि घटेको छ। तेजाबी सुनको मूल्य तोलामा १ हजार ५० रुपैयाले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य नेपाल बजारमा ८९ हजार ५ सय ५० कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९२ हजार १ सय, सोमबार र मंगलबार ९२ हजार ६ सय, बुधबार ९२ हजार रुपैंया र बिहिबार ९१ हजार १ सय रुपैंयामा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९१ हजार ६ सय, सोमबार र मंगलबार ९२ हजार १ सय, बुधबार ९१ हजार ५ सय र बिहिबार ९० हजार ६ सय रुपैंयामा कारोबार भएको थियो।

सुनको मूल्य यस हप्ता मात्रै २१ सय रुपैंयाले घटिसकेको छ। शुक्रबार कायम भएको सुनको मूल्य ६७ दिन यताकै कम हो। यस अगाडी मङ्सिर १५ गते सुन ९० हजारमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य घटबढ हुँदै आएपनि आजको जति कम मूल्यमा झरेको थिएन।

चाँदीको मूल्य

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा १० रुपैंया घटेसँगै चाँदीको मूल्य १ हजार २ सय ९० कायम भएको छ।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज देशका यी भूभागमा वर्षा तथा हिमपात हुने, महाशाखाले दियो यस्तो चेतावनी