भोलि बुध मकर राशिमा प्रवेश गर्दै : यी राशिलाई हुनेछ लाभ, कुन-कुन राशिलाई हुन्छ त हानि ?

काठमाडौँ : महान ग्रह बुधको वक्री अवस्थामा कुम्भ राशिमा गोचर भई माघ २२ गते राति १० बजेर ३८ मिनेटमा पुन: मकर राशिमा प्रवेश गर्दैछ। माघ १७ गते राति ९ बजेर १६ मिनेटमा वक्री भएको बुध फागुन ९ गते बिहान ६ बजेर १८ मिनेटमा मार्गी हुनेछ। कुनै पनि जातकको जन्मकुण्डलीमा कुनै पनि ग्रह यदि वक्री भएमा कार्य बाधा उत्पन्न हुनेछ। जति फल दिनुपर्ने हो त्यति दिन पाइदैन्। वक्री हुनुको अर्थ त्यो ग्रहले बाटो फेर्नु, आफ्नो गति परिवर्तन गर्नु हो। वक्री ग्रह यदि अशुभ भावमा छ भने त्यो अधिक कष्ट कारक हुन्छ। यदि शुभभावमा छ भने त्यसले शुभता कम गर्नेछ, जसको असर जीवनमा खासै पर्दैन। प्राणीले कुनै न कुनै तरिकाबाट सम्बन्धित ग्रहको दुष्प्रभावबाट आफूलाई बचाउँछन्। अशुभ भावमा रहिरहेमा अधिक प्रताडित गर्नेछ। वक्री बुधको सबै १२ राशिहरु माथि कस्तो प्रभाव रहनेछ यसको ज्योतिषीय विश्लेषण।

मेष राशि

राशिबाट दशौँ कर्मभावमा रहेको वक्री बुधले धेरै नोक्सानपुर्याउन सक्दैन किनकी यस भावमा पहिले देखि नै सूर्य, गुरु, शुक्र र शनि विराजमान हुन्छ। यसकारण तपाईले अधिक चिन्ता लिनुपर्ने आवश्यक छैन। यी सबै ग्रहले बुधसँग सम्बन्धित दोषलाई शमन गर्नेछ। मातापिताको स्वास्थ्य प्रति चिन्तनशील रहनुहोला। विवादहरुबाट टाढै रहनुहोला।

वृष राशि

राशिबाट भाग्यभावमा बुध सबै ग्रहहरुसँग मिली प्रभावशाली बन्छ किनकी वर्तमान समयमा शनि र बृहस्पति व्रत चलिरहेको छ। विदेशी कम्पनीहरुमा काम गर्न इच्छुक हुनुहुन्छ अथवा विदेशी नागरिकताको लागि आवेदन भर्न चाहनुहुन्छ भने यो समय उत्कृष्ट रहनेछ। उच्चाधिकारीहरुसँग सम्बन्ध बिग्रन नदिनुहोला।

मिथुन राशि

राशिबाट अष्टमभावमा रहेको वक्री बुधले स्वास्थ्यमा विपरित प्रभाव पार्नेछ। चर्म रोग तथा औषधीहरुका प्रतिक्रियाहरुबाट बच्नुहोला। जोर्नीमा दुखाई तथा हड्डीसँग सम्बन्धित समस्याबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा षड्यन्त्रको शिकार हुन् बाट बच्नुहोला। यी सबैको बाबजूद मान-सम्मानमा वृद्धि हुनेछ, सामाजिक पद प्रतिष्ठा बढ्नेछ।

कर्कट राशि

राशिबाट सप्तमभावमा गोचर गरिरहेको वक्री बुधले विवाहसँग सम्बन्धित वार्तामा बाधा अड्चन पैदा गर्नेछ। यस अवधी बीच साझा व्यापार गर्नबाट बच्नुहोला। आफ्नो स्वभावमा उग्रता आउन नदिनुहोला। केन्द्र अथवा राज्य सरकारको विभागमा प्रतिक्षित कार्य केही विलम्व भई सम्पन्न हुनेछ, हताश नहुनुहोला। आर्थिक अभावबाट बच्नुहोला।

सिंह राशि

राशिबाट शत्रुभावमा रहेको वक्री बुधले स्वास्थ्यमा विपरित प्रभाव पार्नेछ। गुप्त शत्रु पनि बढ्नेछ र तपाईलाई नीच देखाउने पूरा कोशिश गर्नेछन् तर सूर्यको शुभ प्रभावको परिणामस्वरूप तपाईले अधिक चिन्ता गर्न आवश्यक छैन। बिस्तारै ग्रह गोचरमा सुधार भई तपाईको समस्यामा कमी आउनेछ।

कन्या राशि

राशि स्वामी बुधको पञ्चम विद्याभावमा वक्री हुँदा कहीं न कहीं तपाईको लागि चुनौती पैदा गर्न सक्छ। स्वभावमा चिडचिडापन आउनेछ। सन्तान सम्बन्धी चिन्ताले पनि तपाईलाई हैरान बनाउँछ। विद्यार्थी या शैक्षिक प्रतियोगितामा भाग लिनेले पढाई प्रति अझ धेरै ध्यान दिनुपर्ने आवश्यक छ।

तुला राशि

राशिबाट चतुर्थभावमा वक्री हुने बुधले खासै धेरै नोक्सान पुर्याउँदैन किनकी यस भावमा बुध बिल्कुलै कमजोर हुनेछ, उदासीन रहन्छ। यसकारण यिनीहरुलाई न मार्गी हुँदा शुभ प्रभाव हुनेछ न त वक्री हुँदा दुष्प्रभाव हुने चिन्ता गर्न गर्न आवश्यकता छ। जग्गाजमिनसँग जोडिएका मामिलालाई समयमै हल गर्नुहोला।

वृश्चिक राशि

राशिबाट पराक्रम भावमा बुध वक्री हुँदा स्वभावमा उग्रता ल्याउन सक्छ। परिवारको वरिष्ठ सदस्य र भाईसँग मतभेद नगर्नुहोला। धर्म एवं अध्यात्म प्रति गहिरो रुचि रहनेछ। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। विदेशी कम्पनीमा काम अथवा नागरिकताको लागि  दिईएको आवेदन सफल रहनेछ।

धनु राशि

राशिबाट धनभावमा बुध वक्री हुनु पारिवारिक कलह एवं दाम्पत्य जीवनमा कठिनाईको सूचक हो। क्रोध माथि नियन्त्रण राख्नुहोला, कठोर भाषाको प्रयोग गर्नबाट बच्नुहोला। अरुलाई सापटी दिएको धन फिर्ता आउनेछ। आकस्मिक धन प्राप्ति हुने योग पनि छ। विवाहसँग सम्बन्धित वार्तामा थोरै विलम्व हुन् सक्छ।

मकर राशि

तपाईको राशिमा बुधको वक्री हुनाले धेरै मिल्दो-जुल्दो फल प्रदान गर्नेछ। यद्यपि ती दुष्प्रभाव धेरै समय टिक्दैन्, तैपनि केही काम गर्दा-गर्दै रोकिन्छ। शनिको उदय भएसँगै विषम परिस्थितिबाट मुक्ति मिल्नेछ। प्रतियोगी एवं विद्यार्थीहरुले परीक्षामा राम्रो अंकको लागि अझ धेरै प्रयास गर्नुपर्नेछ।

कुम्भ राशि 

राशिबाट बाह्रौं व्यय भावमा बुधको वक्री हुँदा अत्यधिक भागदौड र खर्चको सामना गर्नुपर्नेछ। जसको परिणामस्वरूप आर्थिक अभावको पनि सामना गर्नुपर्नेछ। मित्र तथा आफन्तबाट पनि अप्रिय समाचार सुन्नुपर्नेछ। झगडा विवाद र अदालती झमेलाबाट टाढै रहनुहोला।

मीन राशि

राशिबाट लाभभावमा रहेको बुध वक्री हुँदा त्यसको प्रभावस्वरूप आयको श्रोतसाधनमा केही कमी आउन सक्छ। निकै मेहनत पछि सफलता प्राप्तिको योग छ। शासन सत्ताबाट सहयोग मिल्नेछ। शीर्ष नेतृत्वसँग सम्बन्ध बिग्रिन नदिनुहोला। सन्तान सम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्ति एवं प्रादुर्भावको पनि योग छ।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईका लागि कस्तो रहला ‘भ्यालेन्टाइन डे’ महिना फेब्रुअरी ? हेर्नुहोस् मासिक राशिफल !