एजेन्सी : बलिउडमा असिनले आफ्नो यात्रा आमिर खानसँग गरेकी थिईन्। फिल्म ‘गजनी’ बाट उनले हिन्दी सिनेमा जगतमा पाइला टेकेकी थिईन्। ‘गजनी’ फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो। हिन्दी फिल्ममा असिनको माग सुरुको फिल्मबाट नै ह्वात्तै बढेको थियो। तर उनले सधैँ दक्षिण भारतीय भाषामा बन्ने फिल्मलाई नै पहिलो प्राथमिकतामा राखिन्, जसकारण उनी हिन्दी फिल्ममा कम देखिईन्।

असिनले पहिलो हिन्दी फिल्म आमिरसँग खेलेको भए पनि उनी आमिरको सट्टा सलमान खानको ठुलो फ्यान हुन्। यहाँ सम्म कि उनले आफ्नो बेडरुमको भित्तामा सलमान खानको पोस्टर टाँगेकी थिईन्।

जब असिनलाई सलमान खानको फिल्म ‘लण्डन ड्रिम्स’ को प्रस्ताव आयो, तब उनलाई विश्वास नै लागेन कि आफ्नो फेवरेट स्टारसँग काम गर्न मौका मिल्दैछ। उनले तुरुन्तै प्रस्ताव स्वीकारिन्। यस फिल्ममा अजय देवगन पनि थिए।

‘लण्डन ड्रिम्स’ को अधिकांस शूटिङ आउटडोर भएको थियो, जसकारण कलाकारहरुले एक-अर्कासँग समय बिताउने अवसर पाउँथे। यसकारण असिनको सलमानसँग राम्रो मित्रता भयो र सलमान पनि असिनको पूरा ख्याल राख्थे। अजय पनि दुवैको राम्रो साथी बनेका थिए र यी तीनले फिल्मको शूटिङको क्रममा खुब मस्ती गरेका थिए।

असिन र सलमानको दोस्ती देखेर यस्तो अफवाह पनि फैलिएको थियो कि सलमानले असिनलाई मुम्बईमा एक घर उपहार स्वरूप दिए। यद्यपि यस कुरामा कुनै सत्यता थिएन्। केहीले यस्तो सम्म भन्न भ्याए कि कट्रिनालाई जेलस फिल गराउन सलमानले उपहार दिएका थिए।
