अनलाइन कपडा बेच्न म्यानेकिन नभएपछि सुतिरहेको पतिलाई बनाइन् मोडेल, फोटो भाइरल

सामाजिक सञ्जालमा एक विवाहित पुरुषको तस्बिरहरु भाइरल भईरहेका छन्। पुरुष ओच्छ्यानमा सुतिरहेका छन्। तर उनले महिलाको कपडा लगाएका छन्। उनको नाङ्गो शरीरमाथि कपडा यसरी राखिएको छ जसरी स्टोरबाहिर राखिने डमीमा राखिन्छ। यस्तो अद्भुत सिर्जनात्मक सोच ल्याउने व्यक्ति उक्त पुरुषकी श्रीमती हुन्, जो फिलिपिन्समा एक अनलाइन बुटिक चलाउँछिन्। उनले आफ्नो सुतिरहेको पतिलाई एक मोडेलको रुपमा प्रयोग गरेको देखेर मानिसहरु तीन छक्क परेका छन् र साथै मानिसहरुले उनको सिर्जनात्मक सोचको तारिफ पनि गरेका छन्। यस्तो खासमा उनले अनलाइन कपडा बेच्नका लागि गरेकी हुन्।

जब भाइरल भयो फेसबुक पोस्ट

यो तस्बिर Jo’s Online Shoppe नामको फेसबुक पेजबाट शेयर गरिएको थियो। यस पोस्टको क्याप्सनमा यस्तो लेखिएको थियो – ‘म्यानेकिन छैन ?  चिन्ता नलिनुहोस् । कोशिश नै सबथोकको चाबी हो। सामान कसरी बेच्ने भन्ने अहिलेको ट्रेन्ड यहीँ हो।’ यो आर्टिकल लेख्नेबेलासम्म यस पोस्टले ११ हजार रियाक्सन, २२ हजार शेयर र लगभग ६ हजार कमेन्ट्स पाइसकेको छ। अधिकांस मानिसहरुले महिलाको सिर्जनात्मक सोचको प्रशंसा गरेका छन्।

के हो पूरा मामिला ?

Jo’s Online Shoppe की मालिक्नी Jocelyn May Jazreno Caday ले जब आफ्नो पति ‘शवासन’ मा सुतिरहेका थिए तब उनको दिमागमा सैतानी आइडिया फुर्यो। उनले आफ्नो पतिलाई एक क्लोथिङ मोडेलको रुपमा प्रयोग गर्ने विचार गरिन्। त्यसपछि उनले आरामले सुतिरहेका पतिको शरीर माथि स्कर्ट, टप, जिन्स तथा महिलाका अन्य विभिन्न कपडाहरू राखेर तस्वीर खिचिन् । अनि उनले पतिका तस्वीर आफ्नो पसलको फेसबूक पेजमा शेयर गरेपछि त्यो भाइरल भयो ।

प्रकाशित : आइतबार, माघ १८, २०७७१९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरघरमा धाराबाट रेड वाइन आयो, खुशीले रमाए नागरिक