यी राशिका महिला बन्छन् ‘असल श्रीमती’, सधैं रहन्छन् बफादार !

काठमाडौँ : विवाहपछि आफ्नो जीवनसाथीसँग राम्रो सम्बन्ध भएन भने कतिपयको जीवन नै बर्बाद भएको पनि देख्न सकिन्छ। त्यसैले जीवनसाथी छनौट गर्ने कुरामा कुनै जोखिम लिने सोच्न सक्दैनौं। भनिन्छ एक महिलाले कुनै घर सपार्न पनि सक्छिन् र बिगार्न पनि सक्छिन्। त्यसैले, जीवनसाथी छनौट गर्दा विशेष ध्यान दिन आवश्यक हुन्छ।

ज्योतिष शास्त्रका अनुसार तीन राशिका महिला एक असल श्रीमती बन्न सफल हुन्छन्। बाह्रमध्ये, यी ३ राशिका महिलाहरु निश्चित रूपले एक असल पत्नी हुन्छन्। जान्नुहोस् यी ३ राशि कुन-कुन हुन् त?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

यस राशिका धेरैजसो महिलाहरू साहसी, शक्तिशाली, पराक्रमी, उर्जावान हुनुका साथसाथै निकै समझदार पनि हुन्छन्। यस राशिका केटीहरू आकर्षक, सुन्दर र एक सकारात्मक सोच भएका हुन्छन् जसको कारण जो कोहीको पनि ध्यान सजिलै आकर्षित गर्न सक्छन्। मेष राशिका महिला निकै वफादार हुन्छन् र आफ्नो जीवनसाथीको साथ जस्तो सुकै परिस्थितिमा पनि छोड्दैनन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका कन्याहरू विवाहको लागि सबैभन्दा उत्तम मानिन्छ। भनिन्छ कि यस राशिका केटीहरू आफ्नो जीवनसाथी, परिवारसँग भावनात्मक रूपमा जोडिएका हुन्छन्। त्यही कारणले गर्दा यिनीहरु त्यस्तो त्यस्ता कुनै पनि काम गर्दैनन् जसले विवाहित वैवाहिक जीवनमा तनाव उत्पन्न गर्छ। यो मात्र होईन, यस राशिका महिला परम्परागत गुणहरूलाई बढी महत्त्व दिने व्यक्तिका लागि उत्तम पार्टनर हो।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिंह राशिको स्वामी सूर्य हो र यस राशिको तत्व अग्नि हो। सिंह राशिका महिला एक असल र उत्तम जीवनसाथी साबित हुन्छन्, खासगरी साहसिक मनिसको लागि। यस राशिका अधिकांश महिलाहरू आफ्नो शर्तमा जीवन बिताउन रुचाउँछन्, आफ्नो साथी, परिवार, पार्टनरको सबै आवश्यकताहरूको ख्याल राख्दै र उनीहरूको लागि हरेक समस्यामा दृढ रहन्छन्।

प्रकाशित : शनिबार, माघ १७, २०७७२०:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेब्रुअरीमा जन्मिएका व्यक्तिको यस्तो हुन्छ स्वभाव, हुन्छन् दुई अद्भुत शक्ति