रोनाल्डोमाथि प्रहरी अनुसन्धान प्रक्रिया सुरु, तोडे प्रोटोकल

इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन । युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको इटालीबाट प्रकाशित हुने कोरिएरे डेलो स्पोर्टस् पत्रिकाले उल्लेख गरेको छ । यो समाचार आजको नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ । युभेन्ट्सले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्था छ ।

गत साता मात्र विश्व फुटबलमा सर्वाधिक ७ सय ६० गोलको विश्वकीर्तिमान स्थापित गरेका रोनाल्डोले एकैपटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको डेलो स्पोट्र्स पत्रिकाले जनाएको छ । यसै साता कोपा इटालिया कपमा युभेन्ट्सले स्पालविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा युभेन्ट्स २–० ले विजयी भयो । यस खेलपछि युभेन्ट्सले खेलाडीलाई दुई दिन आराम गर्न भनिएको थियो ।

प्रकाशित : शनिबार, माघ १७, २०७७०९:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वामदेव आफूसँग आउने प्रचण्डको दावी, प्रचण्डले फोनमा के भने ?