आजको पौष शुक्ल पूर्णिमालाई किन भनिन्छ वुल्फ मुन, यस्तो छ कारण

आज बिहिबार, माघ १५ गते पौष शुक्ल पूर्णिमा हो। हिन्दु पञ्चाङ्ग अनुसार जुन नक्षत्रमा पूर्णिमा आउँछ, त्यसै नक्षत्रको नाममा महिनाको नाम र त्यस पूर्णिमाको नाम तय गरिन्छ। जबकि अमेरिकासँगै अन्य पश्चिमी देशमा पूर्णिमाको नाम त्यहाँको विशेष घटना र मौसम स्थितिको आधारमा तय गरिन्छ। आजको पौष शुक्ल पूर्णिमालाई विशेषमा वुल्फ मुन भनिन्छ किनकी यस पूर्णिमाको समयमा ब्वाँसोको आवाज धेरै सुनिन्छ। यस्तै वर्षभरीका सबै १२ पूर्णिमाका लागि अलग-अलग नाम छ। जान्नुहोस् वर्षभरीका सबै १२ पूर्णिमाको नाम र ती नाम राख्नुको कारण….

वुल्फ मुन(Wolf Moon)(२८ जनवरी)(पौष शुक्ल पूर्णिमा) : – पश्चिमी देशमा यतिबेला ब्वाँसोको आवाज धेरै सुनिन्छ। यसैकारण जनवरीमा आउने पूर्णिमालाई वुल्फ मुन भनिन्छ।

स्नो मुन(Snow Moon)(२७ फेब्रुअरी)(माघ शुक्ल पूर्णिमा) :- फेब्रुअरीमा आउने पूर्णिमालाई विदेशमा स्नो मुनको नामले चिनिन्छ। किनकी त्यहाँ यो महिनामा हिमपात धेरै हुन्छ।

वर्म मुन(Worm Moon)(२८ मार्च) : – चिसोको अन्तिम पूर्णिमा मार्चमा आउँछ। पश्चिमी देशमा यस समय गँड्यौला(Earthworm) धेरै देखिन्छ। यहीँ कारण मार्चको पूर्णिमालाई वर्म मुन भनिन्छ।

पिंक मुन(Pink Moon)(२७ अप्रिल) : – पश्चिमी देशमा अप्रिल महिनामा पिंक यानी गुलाबी फूल धेरै फुल्छन्। यसैको नाममा अप्रिल महिनाको पूर्णिमालाई पिंक मुन भनिन्छ।

फ्लावर मुन(Flower Moon)(२६ मे) : – मे महिनामा आउने पूर्णिमालाई फ्लावर मुन भनिन्छ। किनकी यस समयमा अनेक प्रकारका मौसमी फूलहरु फूल्छन्।

स्ट्रबेरी मुन(Strawberry Moon)(२४ जुन) : – जुनमा स्ट्रबेरी पाक्न लाग्छ। यसै कारण जुन महिनाको पूर्णिमालाई स्ट्रबेरी मुन भनिन्छ।

बक मुन(Buck Moon)(२४ जुलाई) : – जुलाईमा हिरणको निधारमा नयाँ सिङ उम्रिन लाग्छ। हरिणको यहीँ सिङको नाममा जुलाई महिनाको पूर्णिमालाई बक मुन भनिन्छ।

स्टर्जन मुन(Sturgeon Moon)(२२ अगस्ट) : – अगस्टको पूर्णिमाको समयमा पश्चिमी देशका तालमा स्टर्जन नामको विशेष माछा अत्यधिक पाइन्छ। यिनकै नाममा अगस्ट पूर्णिमालाई स्टर्जन मुन भनिन्छ।

हार्वेस्ट मुन(Harvest Moon)(२० सेप्टेम्बर) : – विदेशमा सेप्टेम्बर महिनाको पूर्णिमाको सम्बन्ध त्यहाँको किसानसँग छ। सामान्यतया: किसान यस महिनामा फसलको कटाई गर्छन्। यहीँ करङ यसलाई हार्वेस्ट मुन भनिएको हो। हरेक तीन वर्षमा एक पटक यो मुन अक्टोबर महिनामा मनाइन्छ।

हन्टर्स मुन(Hunter’s Moon)(२० अक्टोबर) : – हरेक तीन वर्षमा एक पटक अक्टोबरको पूर्णिमामा हार्वेस्ट मुन मनाइन्छ। अन्य दुई वर्षमा यस महिनाको पूर्णिमालाई नै हन्टर्स पूर्णिमा भनिन्छ। यस समयमा उत्तरी गोलार्धका अधिकांस मानिस चिसोको तयारीलाई ध्यानमा राख्दै शिकार गर्छन। यसै शिकारको नाममा यस महिनाको पूर्णिमालाई हन्टर्स मुन भनिएको हो।

बिवर मुन(Beavers Moon)(२० नोभेम्बर) : – नोभेम्बर महिनामा ओट्टर(Otters) यानी बिवर(Beaver)ले चिसो मौसमको लागि विशेष तयारी सुरु गर्छ। यो जीवले आफू रहनको लागि घर बनाउँछ। यहीँ कारण नोभेम्बरको पूर्णिमालाई बिवर मुन भनिएको हो।

कोल्ड मुन(Cold Moon)(१९ डिसेम्बर) : – डिसेम्बरदेखि चिसो बढ्छ। यहीँ कारण यस महिनाको पूर्णिमालाई कोल्ड मुन नाम दिईएको हो।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घर-घरमा स्वस्थानी व्रत कथा वाचन शुरु, ब्रत बसे विछोड भएका जोडीको पुनर्मिलन हुने विश्वास