चुनाव सकेर घर फर्किदा बाटैमा खुँडा प्रहार, सिंहको मृत्यु

बझाङमा खुँडा प्रहार गरी एक युवकको ह-त्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी ह-त्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उहाँले बताउनुभयो । खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

ह-त्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।

प्रकाशित : बुधबार, माघ १४, २०७७१२:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वडाध्यक्ष सहित नेकपा कार्यकर्ता मिलेर काँग्रेस नेताको ह-त्या, काँग्रेसद्वारा कारवाहीको माग