मेस्सीलाई खुसी बनाउन बार्सिलोनाले नेयमार भित्र्याउँदै !

एजेन्सी – ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एथलेटिक बिलबाओसँग पराजित भएपछि बार्सिलोनामा नेयमारलाई भित्राउन विषयमा पुनः प्रक्रिया सुरु भएको छ । ब्राजिलियन सुपर स्टारलाई टोलीमा फर्काउन बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ प्रस्ताव राख्ने सम्भावना रहेको छ ।

बार्सिलोनाले पहिलाको भन्दा अझै आकर्षक प्रस्ताव पिएसजीलाई दिने पक्षमा रहेपनि के कस्तो प्रस्ताव गर्ने भन्ने निर्णय लिइनसकेको बताइएको छ । पिएसजीसँगको प्रस्तावमा यसअघि फिलिपे काउटिन्हो एउटा मुख्य पात्र थिए । तर अब उनी लोनमा बायर्न म्युनिख गएपछि बार्सिलोनाले पिएसजी सामू फरक प्रस्ताव लिएर जानुपर्ने भएको छ ।

यसअघि बार्सिलोनाले १ सय मिलियन युरोका साथै काउटिन्हो र उसमाने डेम्बेले पिएसजीलाई दिने प्रस्ताव गरेको थियो । तर, ती प्रस्तावमा कुनै सम्झौता हुन सकेन । फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार लियोन मेस्सीलाई खुसी पार्नका लागि पनि बार्सिलोनाले नेयमारलाई फर्काउने प्रयास गर्न लागेको हो ।

टोलीका मुख्य नेताका रुपमा रहेका मेस्सीले नेयमारलाई फर्काउनका लागि व्यवस्थापनलाई दबाब दिइरहेको बताइएको छ । नेयमारले पनि आफु बार्सिलोना फर्कन चाहेको बताउँदै आएका छन् । बार्सिलोनाले मात्र होइन रियल म्याड्रिडले पनि नेयमारलाई भित्राउने प्रयास छाडिसकेको छैन । यद्दपी बार्सिलोनाको जस्तै रियलको पनि यसअघिको प्रस्ताव पिएसजीले अस्वीकार गरिसकेको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०३, २०७६०७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैतडीमा एसपिएल क्रिकेट आयोजक च्याम्पियन