बेलायत लैजान खोजिएको शिशुलाई १४ वर्षीया किशोरीले जन्म दिएको खुलासा

काठमाडौँ : बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ । तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई जन्म दिएकी थिइन् ।

सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ । त्यसअघि स्मिथलाई आठ हजार पाउन्डमा शिशु बिक्री गर्ने नेपाल बाल कल्याण समितिका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको थियो । यो खबर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

प्रकाशित : मङ्गलबार, भदौ ०३, २०७६०६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसद्को गाडी खरिद प्रकरण : समितिले माग्यो सम्पूर्ण कागजात