काठमाडौँ – नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गरी प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य विभिन्न शिर्ष नेताहरुलाई नछाड्ने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिँदै फेसबुक लाइभ गरेका थिए। फेसबुक लाइभको क्रममा उनले अपशब्द सहित शिर्ष नेताहरुलाई गालि-गलौज गरेको पाइएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै ज्यान लिने धम्की दिएको हुँदा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फेसबुक लाइभका क्रममा उनले खुकुरी देखाउँदै सबै नेतालाई काट्छु, मार्छु भनेका थिए। पछिल्लो समय सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने क्रम बढेपछि प्रहरी सक्रिय भएको छ।