पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर एकको मृत्यु

भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ ।

भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : आइतबार, भदौ ०१, २०७६०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चट्याङ लागेर ६१ वटा भेडा मरे, १० लाख बराबरको क्षति