Uncategorized

प्रधानमन्त्रीकी नातिनी मनीषाले क्यान्सरसंग जितेपछि पनि छोडिनन फिल्म क्षेत्र…

बलिउड अभिनेत्री मनीषा कोइरालाको जन्मदिनमा तपाईलाई बताउछौ उनीसँग जोडिएको केहि कुरा । मनिषाको जन्म १६ अगस्ट १९७० मा नेपालमा भएको थियो ।  मनीषा कोइरालाको हजुरबुबा प्रधानमन्त्री थिए। तर सुरुदेखि नै मनिषालाई अभिनयमा रुची थियो। मनीषा कोईरालाले आफ्नो सिनेमा करियरमा बलिउडका चर्चित सुपरस्टार शाहरूख खान , आमिर खान र सलमान खानसँग काम गरेकी छन्।

१९९५ सालमा रिलीज भएको फिल्म बांबेमा मनीषा कोइरालाले गरेको अभिनयले  फिल्मी करियरको  आकाश छोएको थियो । यो फिल्ममा आफ्नो अभिनयको लागि  मनीषालाई  सर्वश्रेष्ठ अभिनेत्रीको  फिल्म फेयर क्रिटिक्स पुरस्कारबाट  सम्मानित गरिएको थियो।  यो  फिल्म तमिलमा पनि बनेको थियो जुनमा उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको   फिल्म फेयर पुरस्कार दिईएको थियो । त्यसपछि १९९६ मा रिलीज भएको फिल्म खामोशी मनीषाको  करियरको अर्को पनि  उल्लेखनीय फिल्म साबित भयो । संजय लीला भंसालीको निर्देशनमा बनेको फिल्मको लागि मनीषा कोइरालाले फेरी पनि  सर्वश्रेष्ठ अभिनेत्रीको फिल्म फेयर क्रिटिक्स पुरस्कार पाईन् ।

१९९८ मा मनिषा  कोईरालालाई एक पटक फेरि मणिरत्नममा काम गर्ने मौका मिल्यो। यो फिल्ममा मनीषाको भूमिका ग्रे शेड्सको लागि भएको थियो। यो फिल्मको लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको   फिल्म फेयर पुरस्कारको लागि नामांकित गरिएको थियो।

गर्भाशयको क्यान्सरबाट ठिक भएपछी  मनीषा कोइरालाले २०१७ सालमा रिलीज भएको  फिल्म डियर मायाबाट कमब्याक गरेकी थिइन्। २०१८ मा मनिषा  कोइरालाले  फिल्म संजूमा काम गरेकी थिइन् जुन बक्स अफिसमा हिट भएको थियो। मनीषा कोइरालालाई २०१२ सालमा ओवरियन क्यान्सर भएको थियो।  एक वर्ष उपचार गरेपछि उनको क्यान्सर  ठिक भएको थियो।

प्रकाशित : शनिबार, साउन ३२, २०७६१९:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :