काठमाडौँ, साउन ३२ । चलचित्र ‘कृ’ युट्युबमा रिलिज भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ । अभिनेता अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको माघ २६ गते हलमा प्रदर्शन भएको थियो ।
सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन बनेको चलचित्रमा अनमोल र अदितीसँगै सरोज खनाल, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, रुपा राणा, अनुप बिक्रम शाही, अमित गिरि, आर्जेश रेग्मी, टिका भक्त जिरेल लगायतका कलाकारको अभिनय रहेको छ । यस चलचित्रलाई सुबास गिरि र भुवन केसीले निर्माण गरेका हुन् भने पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । फिल्ममा अनमोल केसीले एक्सन अवतारमा प्रस्तुत भएका छन् ।