Uncategorized

चलचित्र ‘ऐश्वर्य’ युट्युब ट्रेन्डिङ नम्बर १ मा [पुरा फिल्म सहित]

काठमाडौँ, साउन ३२। चलचित्र ‘ऐश्वर्य’ को पुरा फिल्म युट्युबमा सार्वजनिक भएको २  दिन नपुग्दै ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । यस चलचित्रमा समावेश ‘तिमि रोएको पल’ बोलको गीतले यस अघि निकै चर्चा बटुल्न सफल भएको  थियो । दिवाकर भट्टराईले निर्देशन गरेको यस चलचित्रमा अभिनेता रमेश उप्रेती र दिपिका प्रसाईको मुख्य अभिनय रहेको छ। दिपिकाले यसै चलचित्रबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् ।

यस चलचित्रलाई  अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन् । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा दिपिका प्रसाई र रमेश उप्रेती सहित केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, केशब भट्टराई सुनिता ठाकुर, बिकाश खतिवडा, अमित पोख्रेल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित : शनिबार, साउन ३२, २०७६१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :