Uncategorized

रहिनन ‘कन्यादान’ की अभिनेत्री सुभद्रा अधिकारी!

काठमाडौँ, साउन ३२ ।  चर्चित सिनेकलाकार सुभद्रा अधिकारीको निधन भएको छ । २००४ भदौ २० गते काठमाडौंको असनमा जन्मिएकी अधिकारीको शनिबार डल्लुस्थित आफ्नै निवाशमा निधन भएको हो । उनले  ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’ लगायत सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् ।

निमोनियाबाट पीडित रहेकी उनलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । अधिकारीका एक छोरा र एक छोरी छन् । अधिकारी करिब चार दशकदेखि कलाकारितामा सक्रिय थिइन् । उनले ‘मनको बाँध’ चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेकी हुन्। उनले  काम गरेका नाटक, गीतिनाटक र भिडियो फिल्म पनि थुप्रै छन् । अधिकारीले   सयौं पुरस्कार र सम्मान पाएकी छिन् ।

 

प्रकाशित : शनिबार, साउन ३२, २०७६१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :