वास्तुशास्‍त्र अनुसार कपूरलाई घरमा राख्नाले यस्तो फाइदा हुने!

हिन्दु धर्मअनुसार पूजामा यदि कपूरलाई समावेश गरिएन भने पूजा अधुरो हुने मानिएको छ । यसको प्रयोगले घरको नकारात्मक ऊर्जा हटेर जान्छ र साथै स्वास्थ्यको लागि पनि लाभकारी औषधि मानिन्छ । कपूरले हाम्रो जीवनमा कैयौ तरिकाले लाभ प्रदान गर्ने गर्दछ । वास्तुशास्‍त्रअनुसार, लाखौ कोशिश गर्दा पनि काम बनिरहेको छैन, राम्रो समय आएको छैन, धनको कमि लगातार भईरहन्छ भने चाँदीको भाडोमा नियमित रुपमा ल्वाङ र कपुरलाई बाल्ने गर्नुहोस् । यसले बाधा-अर्चनको समाधान गर्नेछ र काम बन्नेछन् । घरमा वास्तुदोष हुनुको कारण घरको शान्ति भंग हुने गर्दछ । पसल या प्रतिष्ठानमा वास्तुदोष हुनुको कारण जहिले घाटा भईरहन्छ । घर या प्रतिष्ठानमा वास्तुदोष वा नकारात्मक ऊर्जालाई टाढा राख्नको लागि कपूरको डल्ला घरमा राख्नु पर्दछ । यसो गर्नाले नकारात्मक ऊर्जा हटेर जानुको साथै धन लाभ हुने गर्दछ । साथै यसको अन्य फाइदा यस्ता रहेका छन् ।

शुद्ध वातावरण: घरमा पूजा-पाठको समयमा कपूर जलाउनाले यसको बास्ना वातावरणमा फैलिने गर्दछ । यसबाट वातावरणमा रहेको ब्याक्टेरिया आदि नाश हुने गर्दछ र वातावरण शुद्ध हुनुको साथै यसको प्रयोगले कपडामा हुने किराहरुबाट पनि सुरक्षित राख्ने गर्दछ ।

राम्रो स्वास्थ्य: कपूरको सुगन्धले शरीर तथा दिमागलाई दुरुस्त राख्न मद्दत गर्दछ । जोर्नी दुख्ने, पोल्ने-काट्ने तथा अन्य स्वास्थ्य समस्याको लागि कपूर लाभकारी हुन्छ । यदि अनिन्द्राको समस्या रहेको छ भने कपूरको तेलको सुगन्धले दिमागलाई शान्त गर्नुको साथै निन्द्रा ल्याउन मद्दत गर्छ । यसको लागि कपूरको तेलको केहि थोपा शिरानीमा लगाउनु पर्दछ । जाडोयाममा बन्द नाक, सास लिन गार्हो हुने जस्ता समस्याको लागि पनि कपूर निकै लाभदायी रहेको छ । साथै कपालको बलियोको लागि, दाद, चिलाउने जस्ता  समस्याहरु पनि कपूरलाई तेलमा मिसाएर लगाए उपयोगी हुन्छ ।

धन लाभ: ज्योतिषशास्‍त्र अनुसार यदि धन आगमन रोकिएको छ या खर्च अधिक हुदैछ भने गुलाबको फूलमा कपूरको टुक्रा राखेर कपूरलाई जलाएर माता दुर्गालाई अर्पित गरे लाभ हुन्छ । यदि फजूल खर्च भईरहेको छ भने सूर्यास्त हुने समयमा कपूरको दीप जलाएर सबै घरमा घुमाउनुहोस् । अन्तमा भगवान लक्ष्मीलाई आरती गर्दै घरको मन्दिरमा स्थापित गर्नुहोस् । यस प्रक्रिया गर्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ ।

पितृदोष या राहु-केतुको प्रभाव हटाउनको लागि सधै घरमा कपूर जलाउनुहोस्, लाभ हुन्छ । आकस्मिक दुर्घटनाबाट बच्नको लागि साझमा पूजाको समयमा हनुमान चालीसाको पाठ गर्नुहोस् र त्यसपछि कपूरले आरती गर्नुहोस । जसको घरमा नित-नियमले बिहान र साझ कपूर जलाईन्छ त्यस घरमा कहिले पनि कुनै प्रकारको आकस्मिक घटना र दुर्घटना हुदैन । यदि भाग्य चम्काउन चाहनुहुन्छ भने नुहाउने समयमा पानिमा कपूरको तेलको केहि थोपा मिसाएर नुहाउनुस । यस उपाय गर्नाले श्‍ारीरलाई सकारात्मक ऊर्जा प्राप्त हुनुको साथै तपाइको भाग्य पनि चम्किनेछ ।

प्रकाशित : आइतबार, पुष ०९, २०७४११:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशीका भएका मानिसहरुले यसरी आफ्नो भाग्य बदल्छन्, मान्दैनन् हार!